विदेशबाट फर्किएका नेपाली नागरिकको व्यवस्थापनमा प्रदेश सरकारको तयारीबारे जानकारी लिइयो
कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले विदेशबाट फर्किएका नेपाली नागरिकको व्यवस्थापनमा प्रदेश सरकारले गरेको तयारीको सम्बन्धमा जानकारी लिएको छ ।
विदेशबाट आउँदै गरेका नेपालीको व्यवस्थापनका लागि प्रदेश सरकारहरुले गरेको तयारीको विषयमा समितिका संयोजक उपप्रधानमन्त्री एवं रक्षा मन्त्री इश्वर पोखरेलले प्रदेश सरकारसँग समन्वय गर्न तोकिएका संघीय मन्त्रीहरुसँग जानकारी लिएका हुन् ।
समितिका सचिव एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायण प्रसाद विडारीले शुक्रबारदेखि विदेशबाट आउँदै गरेका नेपाली नागरिकहरुलाई काठमाडौंमा होल्डिङ स्टेसनमा राख्ने देखि प्रदेश र स्थानीय तहसम्म पठाउने विषय र प्रदेशमा भएको तयारीको विषयमा जानकारी लिने काम भएको बताए ।
पूर्व निर्धारीत कार्यक्रम अनुसार मन्त्रीहरुबीच कार्यान्वयनको विषयमा एकअर्कामा जानकारी दिने काम भएको उनले बताए । उनले हवाई उडानबाट अवतरण भएपछि नेपाली सेना र सुरक्षा अधिकारीबाट व्यवस्था भएको बसबाट काठमाडौंको होल्डीङ सेन्टरसम्म पु¥याउने र केही घण्टाको आराम पछि प्रदेशमा पठाइने बताए ।
विदेशबाट अलपत्र परेका नेपाली नागरिकको उद्धार गर्ने कार्य आजदेखि सुरु भइसकेको बताए । उनले शुक्रबार पहिलो चरणमा म्यानबाटरबाट २६ जना नागरिक आइसकेको र दिउँसो युएईबाट समेत आउने बताए । विदेशबाट उद्दार गरी नेपाल ल्याइएका नागरिकको व्यवस्थापनाको काम कोरेना महामारी रोकथाम, नियन्त्रण तथा प्रतिकार्यका लागि सरकारले बनाएको कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टेर (सीसीएमसी)को संयोजनामा हुने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा