बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

विद्युतीय गाडीमा अर्थमन्त्री मुछिएपछि सरकारको स्पष्टिकरण : भन्सारदर अघिल्लो रात तय हुन्छ, संकेत कसैले पाउँदैन

बजेटअघि भित्रिएको विद्युतीय गाडीको संख्या सामान्य हो
शुक्रबार, २३ जेठ २०७७, ११ : ५९
शुक्रबार, २३ जेठ २०७७

बजेटअघि सरकारले सूचना चुहाएर उल्लेख्य संख्यामा विद्युतीय गाडी भित्र्याउन चलखेल गरेको भन्दै आलोचना भएपछि  यसबारे स्पष्टिकरण दिएको छ । जेठ १ गतेदेखि १४ गतेसम्म जम्मा ९० वटा विद्युतीय सवारीको चाजपास भएको छ । त्यसमा जेठ सात गते ७५ वटा, १३ गते १६ वटा, १४ गते २ वटा जाँचपास भएका थिए ।  गत वर्षपनि  बजेट अघि ५४ वटा विद्युतीय गाडी जाँचपास भएका थिए । यो गत वर्षको भन्दा दोब्बर नजिक भए पनि सामान्य भएको भन्सार विभागले स्पष्टिकरण दिएको छ ।


सुख्खा बन्दरगाह भन्सार कार्यालयबाट बैशाख १६ गते जाँचपास भएका ४५ वटा गाडी चैत २५ मा भन्सारमा आइपुगेको थियो । जेठ ७ गते जाँचपास भएको ७५ वटा सवारी  साधन बैशाख ११ गते भन्सारमा आएको थियो । बजेटको एक हप्ता अगाडी जम्मा १८ वटा विद्युतीय गाडीमात्र जाँचपास भएको भन्सार विभागले जनाएको छ । विभागले विद्युतीय भन्दा इन्धनका गाडी बढी भित्रिएको स्पष्ट पारेको छ । बजेटको एक साता अघि इन्धनको सावारी साधन ३४३ वटा जाँच्पास भएका थिए ।

भन्सारको दररेट जेठ १४ गते रातिमात्र तय हुने भएकाले कुनै संकेत पाएर जाँचपास नहुने सरकारको स्पष्टिकरण छ । सामनन्यतया बजेट पेश हुने अघिल्लो दिन धेरै राजस्व संकलन हुने गरेको विभागले जनाएको छ । जेठ १४ गते १ अर्ब ७२ करोड राजस्व संकलन भएको थियो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप