शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

युएईमा अलपत्र १ सय ५७ जना नेपाली यात्रुले बोर्डिङ लिए, उडानको प्रतिक्षामा

शुक्रबार, २३ जेठ २०७७, ११ : ४७
शुक्रबार, २३ जेठ २०७७

युएईबाट नेपाल फर्किन १ सय ५७ जना नेपाली युएईको शारजहा अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल उड्ने पर्खाईमा छन् । अलपत्र परेका १५७ जना नेपाली लिएर युएईबाट आज पहिलो उडान नेपाल जान लागेको हो ।

ट्रान्सगार्ड सेक्युरेटिका ७९ र इजाजा कम्पनीका ६७ जना  र अन्य ११ जना नेपाली नागरिक लिएर एयर अरेबियाको जहाजले स्थानीय समय बिहानको ११ः२० मा उडान भर्ने बताइएको छ ।

स्रोतका अनुसार उनीहरु कम्पनी र आफ्नै खर्चमा नेपाल फर्किन लागेका हुन् । उनीहरुलाई एयर अरेवियाको फ्लाईट नं जि नाइन १७५१ नम्वरको फ्लाईटबाट नेपाल पठाउने तयार गरिएको छ ।

त्रिभुवन विमानस्थल स्रोतका अनुसार उडान योजनामा सो फ्लाइट काठमाडौंमा बेलुकी ५ बजे अवतरण हुने तालिका पठाइएको छ ।

तर नेपालको सरकारी निकायसँग आवश्यक समन्वय नभएको भन्दै सो उडान अहिलेसम्म पनि हुने नहुने यकिन भइनसकेको परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताए । यस विषयमा युएई स्थित नेपाली दूतावासमार्फत् समन्वय भइरहेको छ । यात्रुहरुको कोरोना परीक्षण गरिएको छैन।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप