शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

म्यानमारमा रहेका नेपाली आइपुगे, युएइबाट साढे ३ बजेभित्र नेपाल आइपुग्ने

शुक्रबार, २३ जेठ २०७७, ११ : २७
शुक्रबार, २३ जेठ २०७७

काठमाडौं – म्यानमारबाट २६ जना नेपाली स्वदेश आइपुगेका छन् । म्यानमारबाट नेपाली नागरिक लिएर आएको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण भएको विमानस्थलका महाप्रवनधक देवेन्द्र केसीले रातोपाटीलाई बताए । 

म्यानमारबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लेका नेपालीहरुलाई बसुन्धारस्थित पार्टी प्यालेसको होल्डिङ सेन्टरमा लगेर केहीबेर राखिने र त्यसपछि तोकिएको क्वारेन्टिनमा लगिनेछ । त्यसका लागि त्रिभुवन अन्तराष्टिय विमानस्थलबाट नेपाली सेनाको टोलीले व्यवस्थापन गर्नेछ ।

म्यानमारमा रहेका २६ जना र युइएबाट १६८ नेपाली शुक्रबार नेपाल आउन लागेका हुन् । त्यस्तै, युएईबाट नेपाली नागरिक बोकेको विमान शुक्रबार दिउँसो साढे २ बजेदेखि ३ बजेभित्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने नेपाल नागरिक उड्यन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए । 

तर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले अहिलेसम्म युएईको नेपाली लिएर आउने विमानबारे समयको टुंगो लागिसकेको आफूलाई जानकारी नआएको बताए । 

परराष्ट्र मन्त्रालयकाअनुसार कोभिड–१९ को उच्च जोखिमका बखत विदेशमा रहेका नेपाली नागरिकमध्ये फर्कनैपर्ने वाध्यतामा परेकालाई सरकारले नेपाल फिर्ता ल्याउन थालेको हो ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप