बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना संक्रमणबाट थप एकको मृत्यु

शुक्रबार, २३ जेठ २०७७, ११ : ०२
शुक्रबार, २३ जेठ २०७७

काठमाडौं – कोरोना भाइरसको संक्रमणबाट  थप एकको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ । 

बिहीबार बिहान २ः१५ मा सुर्खेतको पखंपुरी नगरपालिका–९ विद्यापुरस्थित जनता माध्यामिक विद्यालयको क्वारेन्टिनमा रहेका २० वर्षीय युवकको मृत्यु भएको थियो । 

उनको मृत्युपश्चात स्वाब संकलन गरी प्रदेश अस्पताल, सुर्खेत/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला पठाइएको र आज मृतक कोरोना संक्रमण भएको पुष्टि भएको प्रदेश सरकार सामाजिक विकास मन्त्रालय सुर्खेतका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मी नारायण तिवारीले बताएका छन् । 

बुधबार पखपुरी नगरपालिका–१ हाँसेगाउँ निवासी उक्त युवकलाई आरडिटी रिपोर्ट नेगेटिभ आएको र कोभिड–१९ सम्बन्धित लक्षणहरु नभएकाले होम क्वारेन्टिनमा पठाइएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप