केन्द्रीय संस्करण

आधुनिक खेती : भ्रम र यथार्थ

person explore access_timeजेठ २३, २०७७ chat_bubble_outline0

कृत्रिम रसायनको दीर्घकालीन प्रभावबारे अल्बर्ट हवार्डले आजभन्दा ८० वर्ष पहिले आफ्नो पुस्तक एन एग्रिकल्चर टेस्टामेन्ट अर्थात खेतीपातीको विवेक भन्ने पुस्तकमा सटिक मर्म उल्लेख गरेका छन् । उनले लेखेका छन्– कृत्रिम मल (रसायन) को प्रयोगले स्वतः कृत्रिम पोषण, कृत्रिम खाना, कृत्रिम बस्तुभाउ र अन्ततः कृत्रिम मानव (महिला र पुरुष) बन्ने प्रक्रिया भइरहेको छ ।

यस्तो प्रक्रिया कहिलेबाट सुरु भयो र कसरी ?

खेतीपातीलाई औद्योगिकीकरण, यान्त्रीकरण, आधुनिकीकरण र व्यापारीकरण गर्ने प्रक्रिया १७औँ शताब्दीदेखि सुरु भएको हो । औद्योगिक क्रान्ति भनिने खनिज ऊर्जामा आधारित यान्त्रीकरणसँगै यो कृषिमा आधुनीकरण भएको हो । योभन्दा पहिले पनि जनावर, हावा, पानी र अन्य बस्तुको सहायताले मानवीय श्रमलाई सहज बनाउन यन्त्रहरूको प्रयोग गर्ने चलन थियो । १७औँ शताब्दीको सुरुमा बाफबाट चल्ने यस्ता यन्त्रहरु बसाइँसराइ, स्रोतहरूको दोहन र ओसार पसार गर्न गरिन्थ्यो । पछि कोइला हुँदै खनिज तेलबाट चल्ने यस्ता यन्त्रको आविष्कार भयो ।

योसँगै फैलिएको खनिज स्रोतको खोसाखोसको होडबाजीले विश्वव्यापि साम्राज्य फैलियो । २०औँ शताब्दीको सुरुदेखि खेतीपातीलाई धेरै उत्पादन लिन सकिने बनाउने लालसा देखाउँदै किसानलाई यस्ता यन्त्र मात्र थमाइएन, बिरुवालाई चाहिने खाद्यतत्व बढाउन भन्दै कृत्रिम रासायनिक मलको समेत आविष्कार गरियो । यसको प्रयोग युरोपमा आजभन्दा १०० वर्ष अगाडि नै सुरु भएको थियो । यी कुराले खेतीपातीको समग्र प्रक्रियालाई आधुनिकीकरण गर्दै बिचौलिया र दलालका हातमा पुर्याइदियो । यो क्रम अहिले पनि निरन्तर जारी छ ।


वास्तवमा खाना महँगो हुँदै अभाव हुनुको कारण उत्पादन मात्र हैन । सँगै अहिलेको खाद्यको सङ्कट यसको वितरण,  खेतीपाती गर्ने जमिनको प्रयोग अन्य प्रयोजनका लागि भएर हो । खासगरी, मासुजन्य पाल्तु वस्तुभाउका लागि चाहिने दाना उत्पादन गर्न र खनिज तेलको विकल्पका नाममा यन्त्र चलाउन आवश्यक तेल उत्पादन गर्न व्यापारिक अतिक्रमण भएर यस्तो भएको हो । भनिन्छ, अहिले ब्राजिल र अमेरिकाको २५ प्रतिशत खेतीयोग्य जमिन यस्तो जैविक तेल बनाउन प्रयोग भएको छ ।


खानेकुरा र अन्य आवश्यकता पूरा गर्न यस्ता स्रोतको नियन्त्रणका लागि विश्वभरि ठूलाठूला युद्ध भए । पहिलो र दोस्रो विश्वयुद्ध यसैका परिणाम थिए । यसमा लाखौँ मानिसले ज्यान समेत गुमाए । अन्ततः यी युद्धमा थलिएर साम्राज्यवादी शासकका अहंकार र दम्भका सिङ भाचिए, विश्व युद्ध समाप्त भयो । तर यो युद्धले विषाक्त वातावरण र यसले निम्त्याउने भविष्यको जोखिम सँगै छोडेर गएको थियो । ती जोखिम अरू केही नभएर युद्धमा नरसंहार गर्न प्रयोग हुन बाँकी रहेका, बन्दै गरेका र थप बनाउन तयार पारिएका विषादीका विशाल भण्डार थिए । विडम्बना एकअर्कालाई सिध्याउन बनाएका विषको भण्डारका व्यापारीले तिनको व्यापार गर्न खेतीपातीमा आँखा लगाए ।  सँगै उत्पादन सघन बनाउन, पोषण बढाउन र बेमौसममा फलाउन भन्दै कृत्रिम हर्मोन र छिट्टै नसड्ने प्लास्टिक समेत थपियो ।

विश्वयुद्ध र यसपछिका दिनमा विषादीको चरम दुरुपयोग भयो । प्रकृतिको थप विनास भएकोे कुराबाट उद्वेलित अमेरिकी जीवशास्त्री तथा वातावरण अभियन्ता राचेल कारोनले १९६२ मा साइलेन्ट स्प्रिङ (शान्त वसन्त) नामको किताब लेखिन् । उनले यसमा डीडीटी जस्तो क्यान्सरजन्य घातक रसायन हाम्रो खेतीपाती र वातावरण कसरी फैलियो ।  यस्ता विषादीले हाम्रो माटो कसरी विषाक्त हुँदैछ भन्दै यो खानेकुराको मात्र नभएर मानव सभ्यताकै सङ्कटको आधार हुने कुरा उठाइन । तर यस्ता कुराले प्रकृतिको दोहनले मात्र आफ्नो आधुनिक विकास सम्भव हुने देखेका औपनिवेशिक शासक र यिनका मतियारलाई कुनै फरक पारेन । उल्टै यिनै स्रोतको दोहन र व्यापार गर्न बिचौलिया र दलालीका थप संयन्त्र बनाउने कुरा नै भइरह्यो । उदाहरणका लागि, मनसान्टो जस्तो युद्धका बेला विष बेच्ने कम्पनी अहिले खेतीपातीलाई विषाक्त, जीएमओ  (वंशाणुगत गुण परिवर्तन गरिएको) प्रविधि भन्दै कृत्रिम बनाउन र किसानका बीउ र अन्य स्रोतमा नियन्त्रण गर्न उद्यत छ । यस्ता कम्पनीले नाफा मात्र कमाउने धन्दामा कुन कम्पनीले धेरै हत्याउने कुरा लिएर विश्वभर शीतयुद्ध चलिरह्यो । यस्ता खनिज र अन्य स्रोत भएका मुलुकमा औपनिवेशिक हमला भइरह्यो र अहिले सम्म जारी छ ।

खानेकुरामा यिनको प्रवेश किन र कसरी ?

यसरी कृत्रिम रसायन, यसबाट बनेको विषादी, हर्मोन र नसड्ने प्लास्टिक र यान्त्रीकरण गर्न भन्दै खनिज तेलको उत्खनन् सँगै हाम्रो खेतीपाती र खानेकुरामा यिनको बिना रोकतोक प्रवेश भयो । यिनको अत्यधिक प्रयोगले यसले समग्र प्रकृति, माटोे र मानिसको स्वास्थ्य तहसनहस बनाउँदै छ । तर अहिले बढ्दो जनसङ्ख्यालाई खाना पुर्याउने स्वाङ पार्दै त्यही औपनिवेशिक ज्ञानका आधारमा औधोगिकीकरण, यान्त्रीकरण, आधुनिकीकरण र व्यावसायीकरणको रट लगाउँदै बिचौलिया र दलाल यिनै रसायन र विषादीको व्यापार गर्न सबै बल लगाउँदैछन् । यिनैको पछि लागेर सरकारसहित आफूलाई बुझक्कड ठान्ने सबै खेतीपातीलाई व्यापारिक बनाउन हौसिएका छन् ।  मूल कुरा खानाका लागि खेतीपाती गर्नुपर्ने मूल मर्म बिर्सेर कृषि आधुनिकीकरणको रट लगाउँदै बिचौलिया पोस्ने गरेका छन् । यो सबैतिर विकराल छ र हामीकहाँ भएको पनि यही हो ।

वास्तवमा खाना महँगो हुँदै अभाव हुनुको कारण उत्पादन मात्र हैन । सँगै अहिलेको खाद्यको सङ्कट यसको वितरण,  खेतीपाती गर्ने जमिनको प्रयोग अन्य प्रयोजनका लागि भएर हो । खासगरी, मासुजन्य पाल्तु वस्तुभाउका लागि चाहिने दाना उत्पादन गर्न र खनिज तेलको विकल्पका नाममा यन्त्र चलाउन आवश्यक तेल उत्पादन गर्न व्यापारिक अतिक्रमण भएर यस्तो भएको हो । भनिन्छ, अहिले ब्राजिल र अमेरिकाको २५ प्रतिशत खेतीयोग्य जमिन यस्तो जैविक तेल बनाउन प्रयोग भएको छ ।

सँगै खेतीपाती गर्न जमिन कब्जा गर्ने होडबाजी चलिरहेको छ । योसँगै अहिले खानेकुरा फलाउन चाहिनेभन्दा यसबाट बिरामी भएकालाई बचाउन भन्दै औषधि र अन्य सेवाबापत तीनगुणा बढी खर्च गरिँदैछ । त्यति मात्र हैन खानेकुरा उत्पादनका लागि गरिएको खर्चको हाराहारीमा लागू पदार्थ, रक्सी र चुचोट उत्पादनको खर्च छ । यस्ता कुराले खानेकुराको सङ्कट झनै गहिरो हुँदै गएको छ । तर यसको दोष किसानको निर्बाहमुखी खेतीपातीलाई लगाएर दलाल र बिचौलियाले गरेको यस्तो व्यापारिक खेतीपातीको प्रवद्र्धनको दुष्प्रभाव ढाकछोप गर्ने प्रयत्न गरिँदै छ ।

महामारी,  खाद्य सङ्कट र समाधान

मानव सभ्यताको इतिहासमा मानवीय उन्नति र प्रगतिका उतार चढावका घटना, परिघटना, यिनका सफलता र असफलताले निम्त्याएका यस्ता संकटहर धेरै छन् । मानव समुदायले मुख्यत गाई र गहुँको रेखदेख गर्न घरपालुवा भएर बस्ती बसाउन थालेसँगै यस्ता सङ्कटको सामना निरन्तर गर्नु परेको छ । अहिलेको जस्तो भाइरस र सूक्ष्म जीवाणुका वरिपरि हुने महामारी होस् या पृथ्वीको गर्भमा हुने या बह्माण्डमा हुने प्राकृतिक उथलपुथलले ल्याउने यस्ता सङ्कटहरुको प्रत्यक्ष प्रभाव खानेकुराको जोहो गर्ने कुरासँग जोडिने गरेका छन् । प्रकृति र वातावरण विनाश, प्रकृतिसँग मेल नखाने संरचना र यसलाई विषाक्त बनाउने गतिविधि बढ्दै जाँदा यस्ता सङ्कट निरन्तर बढिरहेका छन् । 


अहिले खाना र खेतीपाती जटिल बन्दै गएको छ । खानेकुरा कृत्रिम रसायन र विषादीमा आधारित बनाउँदै लानाले मानिस र माटोको स्वास्थ्यको जोखिम बढाएको छ । यसलाई प्रकृति प्रदत्त बनाउनेतर्फ लाग्ने आधारहरु तयार गर्नु आवश्यक छ । अहिले टाउकाले टेकेको कृषि व्यवसायलाई खुट्टाले टेकाउन सक्षम बनाउनु अहिलेको साझा उद्देश्य हो । 


यसको एक मात्र समाधान जैविक खेतीपाती हो, यसको विकल्प छैन । प्रकृतिको भरिपूर्णताको पुनरुत्पादन क्षमता नबुझी जैविक खेतीको मर्म र यसको अभ्यास बुझिँदैन । यो मर्म बच्चा जन्माउने र हुर्काउने आमाहरुले जति कसैले बुझेका हँुदैनन् । सदियौँदेखि यिनैका सिर्जनाले श्रमिक किसान र तिनका परिवार प्रकृतिको यो ज्ञान भण्डारको समग्र विश्वविद्यालय चलाउँछन् । यिनैका खोज, परीक्षण र अनुभवका सारले हाम्रो स्वस्थ्य खानेकुराको जग टिकेको छ । तर अहिले हाम्रो समाजमा तिनै सृष्टि थाम्ने आमाहरु सबैभन्दा उपेक्षित छन् । सँगै यसमा ऊर्जा थप्ने बलिया पाखुरा भएका युवा खेतीपाती दुःखको पेसा भन्ने कुराबाट दीक्षित हँुदै यसबाट बाहिरिन बाध्य भएका छन् । तर यी दुवैको उपेक्षा गर्नेहरू लाल बुझक्कड बनेर पैसा फलाउने र यही खाने सपना बाडेर कृषिलाई आधुनिकीकरण गर्ने पाठ घोकाउँदै अलमल्याई रहेका छन् र हाम्रो खाद्य सङ्कटलाई झनै गहिरो र पेचिलो बनाउँदै छन् ।

यही उपनिवेशी ज्ञानमा आधारित प्रकृति वातावरण र मानव स्वास्थ्यको विवेक गुमाएका विज्ञहरु औधोगिकीकरण, यान्त्रीकरण, आधुनिकीकरण भन्दै बरबराउँछन् । यान्त्रिक मानिसले जस्तै यिनले भावविहीन लयमा कृषि सपार्ने विवेक शून्य विज्ञता बारबार दोहोर्याउँछन् । यिनैले पश्चिमी ज्ञानले दीक्षित विकासेबाट सापटी लिएका तथाकथित ज्ञानका आधारमा कृषि सपार्ने नीति, कार्यक्रम बनाउँछन् । खेतीपातीबाट घरबार चलाउन बनाउन सकिन्छ कि भनेर यिनैका पछि लाग्न बाध्य साना र श्रमिक किसान यसबाट कुनै निकास निस्कने नदेखेर सहरको बाटो हँुदै लाखौँको सङ्ख्यामा मुग्लान भासिएका हुन् ।

अबको बाटो

अहिले खाना र खेतीपाती जटिल बन्दै गएको छ । खानेकुरा कृत्रिम रसायन र विषादीमा आधारित बनाउँदै लानाले मानिस र माटोको स्वास्थ्यको जोखिम बढाएको छ । यसलाई प्रकृति प्रदत्त बनाउनेतर्फ लाग्ने आधारहरु तयार गर्नु आवश्यक छ । अहिले टाउकाले टेकेको कृषि व्यवसायलाई खुट्टाले टेकाउन सक्षम बनाउनु अहिलेको साझा उद्देश्य हो । 

कृषिलाई सपार्न दीर्घकालीन खेतीपातीका योजना बनाउनु पर्छ, त्यसले माटोदेखि मानिसको स्वास्थ्यलाई समेत जीवन्त बनाउँछ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.