शुक्रबारको मौसम पूर्वानुमानः कुन प्रदेशको मौसम कस्तो ?
मौसम पूर्वानुमान महाशाखाले आजको सातै प्रदेशको मौसम पूर्वानुमान जारी गरेको छ ।
महाशाखाले जारी गरेको मौसम पूर्वानुमान अनुसार हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र अरब सागरमा रहेको “निसर्ग”चक्रवात कमजोर भई बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ।
यसैगरी, देशका विभिन्न प्रदेशमा हाल सामान्यदेखि पूर्ण बदली भइरहेको महाशाखाले उल्लेख गरेको छ । प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, बाग्मती प्रदेश र प्रदेश ५ का अधिकांश भागमा मध्यम वर्षा भइरहेको छ ।
यस्तै, शुक्रबार दिउँसो प्रदेश १, प्रदेश २, प्रदेश ५, बाग्मती प्रदेश र गण्डकी प्रदेशमा पूर्ण बदली हुने सम्भावना रहेको महाशाखाले पूर्वानुमानमा उल्लेख गरेको छ । बाँकी भागहरुमा भने मौसममा सामान्य बदली रहनेछ ।
यता, प्रदेश ५, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेशमा भने हल्का वर्षा हुने सम्भावना रहेको छ ।
त्यस्तै, प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशको अधिकांश स्थानहरुमा मेघगर्जन, चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राति, प्रदेश २, प्रदेश ५, बागमती र गण्डकी प्रदेशमा पूर्ण बदली रही बाँकी भूभागमा मौसम सामान्य बदली रहनेछ।
यस्तै, प्रदेश १, प्रदेश २, बागमती, गण्डकी प्रदेश र प्रदेश ५ को पूर्वी भूभागका केही स्थानहरुमा मेघगर्जन, चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
सुदूरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश ५को बाँकी भूभागमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्लिस प्रिमियर लिगमा घरेलु टोली एभर्टनले लिभरपुरलाई हरायो
-
गुजरात टाइटन्समाथि दिल्लीको रोमाञ्चक जित
-
अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्व अर्थमन्त्रीसँग सुझाव
-
राहतको प्रतीक्षामा महोत्तरीका अग्निपीडित
-
कतारको चाहना ‘डोमेस्टिक वर्कर’, नेपालको चाहना ‘श्रम समझदारी रिभ्यू’
-
बागमतीको समृद्धि : उत्पादन र रोजगारीमा वृद्धि