शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

को हुन् टिफनी ट्रम्प ? अमेरिकामा आन्दोलनकारीलाई गरिरहेकी छिन् समर्थन

शुक्रबार, २३ जेठ २०७७, ०९ : ०५
शुक्रबार, २३ जेठ २०७७

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प अश्वेत जर्ज फ्लोयडको मृत्युपछि भइरहेको हिंस्रक प्रदर्शनलाई रोक्नका लागि विभिन्न कोसिस गरिरहेका छन् । उग्र भइरहेको आन्दोलनलाई रोक्नका लागि उनले सेनासमेत उतार्ने चेतावनी दिइरहेका छन् । यसैबीच डोनल्ड ट्रम्पकी छोरी टिफनी ट्रम्पले उक्त आन्दोलनको समर्थन गरेपछि यो चर्चाको विषय बनेको छ ।

ट्रम्पकी छोरीको समर्थनले आन्दोलनकारीहरु त खुसी छन् तर ट्रम्पको समस्या भने बढेको छ । आखिर टिफनी ट्रम्प को हुन् त, यसबारे जानकारी लिऔं ।

डोनल्ड ट्रम्पकी छोरी इभांकालाई विभिन्न कार्यक्रममा देख्न सकिन्छ, उनी राजनीतिमा पनि सक्रिय छिन् । तर टिफनीलाई इभांकाजस्तै देख्न सकिँदैन ।

आमा र छोरीले कालो स्क्रिन पोस्ट गरेर देखाइन् रिस

अमेरिकामा अश्वेत जर्ज फ्लोयडको मृत्युपछि लगातार प्रदर्शन भइरहेको छ । यो प्रदर्शनलाई संसारभरीका मानिसहरुले समर्थन गरिरहेका छन् । हिंसा र प्रदर्शन रोक्नका लागि अहिलेसम्म ट्रम्प प्रशासन असफल छ । अब यो प्रदर्शनको समर्थनमा राष्ट्रपति डोनल्ड ट्रम्पकी छोरी टिफनी ट्रम्प र उनकी आमा मार्ला म्यापल्सले पनि समर्थन गरेका छन् । टिफनी र उनकी आमाको यस्तो समर्थनले ट्रम्पको मुश्किल निश्चित रुपमा बढ्नेछ ।

को हुन् टिफनी ?

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले तीनवटा विवाह गरेका छन् । उनका पाँच सन्तान छन् – डोनाल्ड ट्रम्प जुनियर, इभांका, एरिक, टिफनी र ब्यारन ट्रम्प हुन् । टिफनी ट्रम्पकी दोस्री श्रीमती मार्ला म्यापल्सकी छोरी हुन् । ट्रम्पले मार्लासँग सन् १९९३ मा विवाह गरेकी थिइन् ।

टिफनीकी आमा मार्ला नायिका तथा मोडल हुन् । उनी अमेरिकामा निकै चर्चित नाम हो । टिफनीको जन्म १३ अक्टोबर सन् १९९३ मा भएको थियो । टिफनी क्यालिफोर्नियामा हुर्के–बढेकी हुन् ।

टिफनीकी आमा र ट्रम्पको विवाह ६ वर्षसम्म चल्यो । त्यसपछि यी दुईले सन् १९९९ मा सम्बन्धविच्छेद गरे । उनीसँग अलग्गिएपछि ट्रम्पले मेलानियासँग विवाह गरिन् । मेलानिया र ट्रम्पको छोराको नाम ब्यारन हो ।

राजनीतिबाट टाढैः

टिफनी अमेरिकाको हो–हल्लाबाट निकै टाढा बस्छिन् । यसैकारण उनलाई डोनल्ड ट्रम्पसँग र ह्वाइट हाउसमा निकै कम देखिन्छिन् । टिफनी राजनीति र आफ्नो बुवाको व्यवसायमा रुची राख्दिनन् र उनी कानून क्षेत्रमा आफ्नो करियर बनाउने सोच बनाइरहेकी छिन् ।

उनलाई एक पशुप्रेमी भनिन्छ र उनलाई संगीतमा पनि निकै रुची छ । टिफनीले एकपटक संगीतमा आफ्नो करियर बनाउने बारे पनि सोचेकी थिइन् तर पछि उनले आफ्नो पढाईलाई नै अघि बढाउने सोचिन् । यतिमात्रै होइन टिफनी आफ्ना भाइ र इभांकासँग पनि निकै कम देखिन्छिन् ।

सोसल मिडियामा निकै सक्रियः

टिफनी सोसल मिडियामा निकै सक्रिय छिन् । उनी सोसल मिडिया इन्स्टाग्राममा आफ्ना थुप्रै तस्बिर सेयर गर्ने गर्छिन् । टिफनीका तस्बिरलाई मानिसहरुले निकै रुचाउँछन् पनि । उनको इन्स्टाग्राममा पूरा परिवारको थुप्रै फोटो देख्न सकिन्छ । यसका साथै उनले डोनल्ड ट्रम्पसँग पनि थुप्रै फोटो पोस्ट गर्ने गर्छिन् ।

पहिरनको विषयमा एकपटक चर्चामा आएकी थिइन् टिफनीः

टिफनीलाई चिन्ने मानिसहरुका अनुसार उनको जीवनशैली निकै सरल छ तर उनलाई मेकअप र नयाँ–नयाँ पहिरनको शौख छ । टिफनीले एकपटक एउटा ड्रेस सेलमार्फत् खरिद गरेकी थिइन्, त्यो निकै सस्तो थियो तर टिफनीलाई मन परेको थियो । उक्त पहिरनलाई विशेष अवसरमा लगाउन लायक नभएको बताइएको थियो तर टिफनीले एकपटक रिपब्लिकन पार्टीको एक कार्यक्रममा उक्त पहिरनमा उपस्थित भएकी थिइन् ।

ह्वाइट हाउसमा कर्मचारीले भनेपछिः

सन् २०१९ को कुरा हो, टिफनी ह्वाइट हाउस पुगेकी थिइन्, त्यहाँका एक कर्मचारीले उनलाई मोटी भनिदिए । टिफनीले यो कुरा सुनिन् र सो कुरा बुवा डोनल्ड ट्रम्पलाई भनिन् । तत्पश्चात्, ट्रम्पको आदेशमा उक्त कर्मचारीलाई ह्वाइट हाउसबाट निकालिएको थियो ।

स्रोतः जागरण

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप