केन्द्रीय संस्करण
कोरोना बहस – ३

लकडाउन गरेर संक्रमण घटेको छैन, त्यसैले व्यवहारलाई परिवर्तन गरेर कोरोनासँग जोगिदै अगाडि बढ्नुपर्छ

परीक्षणको दायरालाई बढाएको भए लकडाउन गर्नु पर्थेन, साथै संक्रमितको संख्यामा पनि यति अचाक्ली वृद्धि हुन्थेन

person explore access_timeजेठ २३, २०७७ chat_bubble_outline0

रातोपाटीमा कोरोनाबहसको श्रृङ्खलाअन्तर्गत हामीले कोरोनाका बारेमा गम्भीर रुपमा अध्ययन गरिरहेका तथा स्थितिलाई नजिकबाट नियालिरहेका जनस्वास्थ्यविद्हरुको विचार र दृष्टिकोणलाई प्रस्तुत गर्ने कोशिश गर्दै आएका छौं। साेही बहसको तेस्रो श्रृङ्खलामा प्रस्तुत छः जनस्वास्थ्यविद् एवं इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डाक्टर बाबुराम मरासिनीसँग रातोपाटीका लागि माया श्रेष्ठले गरेका कुराकानीको सम्पादित उतार ।

एकातिर नेपालस्थिति विश्व स्वास्थ्य संगठनका प्रतिनिधि नेपालमा कोरोनाको लहर प्रारम्भिक चरणमा रहेको कुरा बताउँछन् । अर्कोतिर नेपालमा विज्ञहरुको हवाला दिँदै कोरोनाको अर्को लहर शुरु भएको खबरहरु पनि प्रकाशमा आउँछन् । जनताले बुझ्ने भाषामा भनिदिनुहोस् न,नेपालको अहिलेको स्थिति के हो?

नेपालका कोरोना संक्रमणको लहर ठाउँठाउँबाट फैलिए तेस्रो चरणमा प्रवेश गरिसकेको छ । नेपालमा कोरोना संक्रमणको लहर सबै ठाउँको एउटै लहर नभएर फरक फरक छ । कपिलबस्तु, नेपालगञ्ज, उदयपुर लगायतका स्थानमा संक्रमणको लहर छुट्टाछुटै हो । लकडाउनकै समयमा अवैध बाटो हुँदै नेपाल आएर घरमा बसेकाहरुबाट पनि कोरोना संक्रमण फैलिएको छ । समुदाय नै संक्रमित भएको अवस्थामा संक्रमण तेस्रो चरणमा प्रवेश गरेको भन्न अप्ठ्यारो मान्नु पर्दैन ।


लकडाउनकै समयमा अवैध बाटो हुँदै नेपाल आएर घरमा बसेकाहरुबाट पनि कोरोना संक्रमण फैलिएको छ । समुदाय नै संक्रमित भएको अवस्थामा संक्रमण तेस्रो चरणमा प्रवेश गरेको भन्न अप्ठ्यारो मान्नु पर्दैन ।


कोरोना नियन्त्रणका लागि लकडाउन नै सबै कुरा होइन । लकडाउनका कारण कोरानाका कारण हुने मृत्युभन्दा भोकमरीका साथसाथै अन्य रोगहरुले मानिसहरु मर्ने संख्या बढेर गएको छ भन्ने कुरा पनि आएको छ । यो स्थितिमा के गरिनुपर्छ जस्तो लाग्छ?

कोरोना परीक्षणको दायरालाई तीव्र रुपमा फराकिलो बनाउनुपर्छ । कोरोना परीक्षण गर्ने प्रविधियुक्त  मेशिनको व्यवस्थापन गरेर धेरै भन्दा धेरैको कोरोना परीक्षण गर्नुको विकल्प छैन । तराई देखि हिमाल पहाडसम्म प्रभावित क्षेत्रबाट आएका मानिस र तिनीहरुसँग घुलमेल भएकालाई खोजी खोजी परीक्षण गरेर प्राप्त नतिजाको आधारमा घर पठाउने, आसुलेसन, क्वारेन्टिनमा राख्ने व्यवस्था गर्दै केन्द्रीय तह, स्थानीय तह, प्रादेशिक तहले एकआपसमा समन्वय गरेर अगाडि बढ्नुपर्छ । साथै कोरोना महामारीका नाममा अन्य रोगका बिरामीलाई औषधि उपचारबाट बञ्चित गराउनु हुँदैन । अरु बिरामीको लागि आवश्यकीय औषधि उपचारका लागि कोरोना पहिचान र नियन्त्रणसँगै योजना बनाएर अगाडि बढ्नुपर्छ ।

नेपालमा कोरोनाको संक्रमण अहिले बढ्दो रहेको र यो स्थितिमा लकडाउन खुकुलो बनाउँदै जाँदा त्यसले भयावह स्वास्थ्य समस्या आउने भनाइ एकाथरिको छ । अर्कोथरिको भनाइमा चाहिँ लकडाउनले नै कोरोना संक्रमणको रोकथाम नहुने त अहिले लकडाउनका बीचमा पनि बढ्दो संक्रमणले देखाइसक्यो । तपाईं आफैं यी दुई भनाइहरुलाई कसरी विश्लेषण गर्नुहुन्छ ?

कोरोना संक्रमण हाम्रो देशमा मात्रै फैलिएको होइन । कोरोना संक्रमण हुनबाट जोगिदै लकडाउनलाई क्रमश खुकुलो बनाउँदै जनजीवनलाई सामान्य तर्फ लैजानुपर्छ   । कोरोनाबाट जोगिनका लागि व्यवहारमा परिर्वतन गरेर लकडाउनलाई क्रमशः खुकुलो बनाएर अगाडि बढ्नुको विकल्प छैन । परीक्षणको दायरा बढाएर संक्रमित नभएका स्थानहरुमा नियमसंगत व्यापार व्यवसाय संचालन गर्न दिनुपर्छ । मोवाइल पसल, साना खालका खाद्यान्न बिक्री गर्ने, फेन्सी पसलमा बाहिरैबाट उभिएर मानिसहरुले सामान किन्ने साना व्यवसाय लकडाउनका नाममा बन्द गर्नु हुँदैन । मानिसको आउजाउ बढी हुने मल–मार्ट खोल्ने व्यवस्था मिलाउनेहरुले सामान्य व्यवसाय गरेर बिहान साँझ छाक टार्ने, घरव्यवहार चलाउनेहरुलाई पनि सावधानी अपनाएर व्यवसाय गर्ने वातावरण मिलाउनुपर्छ ।

 नेपालमा युरोप अमेरिकाको  लकडाउनको मोडेल नक्कल गरेर हुँदैन । नेपालले देशको परिस्थितिअनुसार लकडाउनको मोडल बनाउन सक्नुपर्छ । कोरोना संक्रमित नभएको स्थानमा साना व्यवसाय पसल सरकारले बेकारमा बन्द गरेको हो ।


 नेपालमा युरोप अमेरिकाको  लकडाउनको मोडेल नक्कल गरेर हुँदैन । नेपालले देशको परिस्थितिअनुसार लकडाउनको मोडल बनाउन सक्नुपर्छ । कोरोना संक्रमित नभएको स्थानमा साना व्यवसाय पसल सरकारले बेकारमा बन्द गरेको हो । साना पसलेको टोलमा बस्ने चिनेजानेको भाडामा बसेको मानिसलाई खानकै लागि समस्या भएको बेला केही दिनका लागि साना पसलेले बाँकी दिन सक्छन् तर आज पैसा छैन लकडाउन पछि काम गरेर पैसा आएपछि दिउँला एक बोरा चामल ल्याउ भनेर नेपालका ठुला सुपरमार्केट–मल–मार्टहरुले दिन्छन् ?

टोलटोलका साना खुद्रा पसलेले सामाजिक मानवीयता  ऋणकै रुपमा भएपनि दर्शाउन सक्छन् । अतः अहिलेको व्यवहारलाई परिमार्जन गरेर नियमित दैनिकीमा फर्कनु पर्छ । जस्तै मास्क, पञ्जा, चस्माको प्रयोग, समय–समयमा साबुनपानीले हात धुने, सेनिटाइजरको प्रयोग गर्ने, सामाजिक दुरी कायम गरेर कोरोना संक्रमणबाट जोगिदै अगाडि बढ्नुपर्छ । संक्रमणको सुरुवाती चरणबाट नै व्यवहार परिर्वतन कसरी गर्ने भन्नेबारेमा सिकाएर दैनिक कार्यलाई  निरन्तरता दिन सिकाएको भए साना व्यवसाय ठप्प हुने थिएनन्  । 

नेपालमा ‘चीजहरुले कसरी काम गर्छ’ (How things work) भन्ने कुरामा कसैले पत्ता नलगाएका कारण लकडाउन गरिएको हो । लकडाउन   सफल हुन्छ हुँदैन भन्ने कुरामा पहिल्यै कार्यविधि बनाउन नसकेको कारण हामी वर्तमानको अन्यौलग्रस्त अवस्थामा आइपुगेका हौँ ।

उदाहरणका लागि, मासु खानु हुँदैन मासुबाट छिटो कोरोना संक्रमण हुन सक्छ जस्ता कुरा अफवाहको रुपमा फैलाउने काम गरियो । विश्व स्वास्थ्य संगठनले जंगली जनावरको मासु नखाउ, घरपालुवाको मासु राम्रोसँग पकाएर खान हुन्छ भनेर प्रष्ट रुपमा भनिदिएको भए मलाई लाग्छ अण्डा, व्यवसायिक तरिकाले पालिएका कुखुरा, चल्लाहरु खाल्डोमा पुर्नुपर्ने स्थिति आउने थिएन । कोरोना संक्रमण हुन्छ भनेर चाहिनेभन्दा बढी प्रतिक्रिया देखाइदा काम गरेर बिहानसाँझ गुजारा चलाउने तथा घरव्यवहार धान्नका लागि गर्ने व्यवसाय पनि ओझेलमा परेको हो ।


सरकारले संक्रमणको सुरुवाती चरणबाट नै सानो सानो पाइलट योजना वनाएर अगाडि बढ्नुपर्थ्यो । सानो पाइलट योजनाको अनुभवबाट सिकेर खुकुलो  लकडाउनसँगै जनजीवन सामान्यतिर जान सहयोग हुने थियो । सावधानी अपनाएर व्यवसाय तथा अन्य कामहरु अगाडि बढाएको भए लकडाउन  खुल्ला गर्दा जनतामा कोरोना संक्रमणले भयावह रुप लिन्छ कि भन्ने मनमा डर सृजना हुने थिएन । लकडाउन गरेर संक्रमण घटेको छैन, त्यसैले व्यवहारलाई परिवर्तन गरेर कोरोनासँग जोगिदै अगाडि बढ्नुपर्छ ।


सरकारले संक्रमणको सुरुवाती चरणबाट नै सानो सानो पाइलट योजना वनाएर अगाडि बढ्नुपर्थ्यो । सानो पाइलट योजनाको अनुभवबाट सिकेर खुकुलो  लकडाउनसँगै जनजीवन सामान्यतिर जान सहयोग हुने थियो । जस्तै, आवश्यकध सावधानी अपनाएर चिया पसल खोल्न दिने, त्यसको नतिजाको आधारमा अन्य साना किराना पसल, घडीमोवाइल पसल, पसल बाहिरै उभिएर सामान किन्न मिल्ने व्यवासय संचालन गर्नेतर्फ ध्यान दिनुपर्‍यो । त्यहीअनुसार सावधानी अपनाएर व्यवसाय तथा अन्य कामहरु अगाडि बढाएको भए लकडाउन  खुल्ला गर्दा जनतामा कोरोना संक्रमणले भयावह रुप लिन्छ कि भन्ने मनमा डर सृजना हुने थिएन । लकडाउन गरेर संक्रमण घटेको छैन, त्यसैले व्यवहारलाई परिवर्तन गरेर कोरोनासँग जोगिदै अगाडि बढ्नुपर्छ ।

चीनसँग लामो सीमा जोडिएको र चिनियाँहरुसँग निक्कै आवातजावात घुलमिल हुने भियतनामले सफलतापूर्वक कोरोनालाई नियन्त्रणमा राखेको देखिन्छ । त्यहाँ संक्रमितको संख्या त्यस्तो बढी छैन । तर नेपालमा भने स्थिति ठीक उल्टो छ । तपाईंको विचारमा अहिले नेपालमा देखिएको कोरोनाको संक्रमण कस्तो हो ? के नेपालको स्थिति हेरेर सन्तोष नै मान्नुपर्छ ? वा यो नियन्त्रण गर्नको लागि कहाँ चुक्यो नेपाल ?

भारतमा भएका नेपाल आउन चाहने नेपालीलाई कोरोना संक्रमण फैलन सुरु भएको चरण मै सहज रुपमा  आउन दिनु पर्थ्यो । भारतबाट नेपाल प्रवेश गरेका नेपाली गन्तव्य स्थानसम्म पुग्नका लागि व्यक्तिले अपनाउनुपर्ने सावधानी , सवारी साधनमा अपनाउनु पर्ने सावधानी, घर पुगेर कसरी १४ दिनसम्म बन्ने आदि कुरामा बारेमा निर्देशिका बनाएर सुरुदेखि नै एउटा व्यवस्थित प्रणालमिा चल्न सकेको भएको वर्तमान अवस्था आउने थिएन ।


भारतमा भएका नेपाल आउन चाहने नेपालीलाई कोरोना संक्रमण फैलन सुरु भएको चरण मै सहज रुपमा  आउन दिनु पर्थ्यो । भारतबाट नेपाल प्रवेश गरेका नेपाली गन्तव्य स्थानसम्म पुग्नका लागि व्यक्तिले अपनाउनुपर्ने सावधानी , सवारी साधनमा अपनाउनु पर्ने सावधानी, घर पुगेर कसरी १४ दिनसम्म बन्ने आदि कुरामा बारेमा निर्देशिका बनाएर सुरुदेखि नै एउटा व्यवस्थित प्रणालमिा चल्न सकेको भएको वर्तमान अवस्था आउने थिएन ।


प्रष्टैसँग भन्दा ‘धमिलो पानीमा माछा मार्ने काम’ भएकाले कोरोना फैलिएको हो । सम्वन्धित निकाय व्यवाहारिक भइदिएको भए यसरी नेपालमा कोरोना संक्रमण फैलिने थिएन । यद्यपि भारत अन्य देशको तुलना कोरोना फैलने क्रम र मृत्यु हुनेको संख्या हेर्दा नेपालको स्थिति राम्रो मान्नुपर्छ ।

कतिपय विज्ञहरुको भनाइलाई आधार मान्ने हो भने कोरोनाभाइरसले मानव जातिलाई निक्कै लामो समयसम्म पिरिबस्नेछ । यसमाथि नियन्त्रण पाउने मुख्य उपाय भनेकै खोप वा योसँगै जीवनशैलीलाई समायोजन गर्दै लैजाने पनि हो । तपाईंलाई के लाग्छ : साँच्चै नै कोरोनाभाइरसले मानव जातिलाई निक्कै लामो समयसम्म पिरिबस्ला ? वा यो पनि अरु रोगहरु जस्तै समयचक्रमा हराएर जाने वा प्रकोप न्यून भएर सामान्य रोगमा परिणत हुनेछ ?

कोरोना संक्रमणसँग जोगिदै हामीले हाम्रा व्यवहारलाई परिर्वतन गरेर अगाडि बढ्नु पर्छ  । व्यवहार परिर्वतनमा मुख्य कुरा सावधानी अपनाउने हो । मास्क, पञ्जा, चस्माको प्रयोग, सामाजिक दुरी कायम काम गर्ने यस्तै साबुनपानीले हात धुने तथा सेनिटाइजरको समय—समयमा प्रयोग गरेमा तत्कालका लागि यही गर्ने हो । तर कति  समय कोरोनाको त्रासमा   बस्नुपर्छ म भन्न सक्दिनँ ।

 यसभन्दा अघि पनि स्वाइनफ्लू सरुवा रोगले यस्तै आतंक फैलाएको थियो । स्वाइनफ्लू ले ४ महिना जति मानिसलाई त्रासमा राख्यो । यस सँगै बाच्नुपर्छ अगाडि बढ्न सिक्नुपर्छ भनेर मानिस थाकेर छोडे । केही समयपछि कोरानासँग पनि मानिस थाक्छन् होला ।

पीपीइ लगायत सुरक्षा उपकरणहरुको अभावमा विश्वभरि नै स्वास्थ्यकर्मीहरु संक्रमित हुने गरेको कुरा कुनै नौलो हैन । अहिले नेपालमा पनि त्यो क्रम शुरु भएको देखिन्छ । तपाईंको विचारमा यसलाई हल गर्ने उपाय के हो ? यसलाई हल गर्न नसकिएमा त्यसले ल्याउन सक्ने समस्याहरु के हुन् ?

यसभन्दा अगाडि इवोलाका कारण विदेशमा धेरै स्वास्थ्यकर्मीको ज्यान गयो । इवोलाले गर्दा करिब ५ सय जना चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मी मरेका थिए । कोरोनाको कारण पनि विश्वभर स्वास्थ्यकर्मीको ज्यान गइसकेको छ । चिकित्सक, नर्स भनेको युद्धमा लड्न जाने सिपाही लडाकुहरु जस्तै हुन् । कोरोना उपचारमा संलग्न स्वास्थ्यकर्मीले पिपिइ लगाए पनि कहिलेकाहीँ संक्रमित हुने सम्भावना हुन्छ ।


कोभिड अस्पतालसँगै अन्य अस्पतालहरुले उपचारमा संलग्न स्वास्थ्यकर्मीका लागि सुरक्षात्मक सामाग्रीको व्यवस्था गराउनुपर्छ । यस समय सरकारी अस्पताल समेत घाटामा गएका होलान् । सरकारले यस समयमा अस्पताललाई सहयोग गरेरस्वास्थ्य सामाग्रीको उचित व्यवस्थापन गर्नुपर्छ ।


कोभिड अस्पतालसँगै अन्य अस्पतालहरुले उपचारमा संलग्न स्वास्थ्यकर्मीका लागि सुरक्षात्मक सामाग्रीको व्यवस्था गराउनुपर्छ । यस समय सरकारी अस्पताल समेत घाटामा गएका होलान् । सरकारले यस समयमा अस्पताललाई सहयोग गरेरस्वास्थ्य सामाग्रीको उचित व्यवस्थापन गर्नुपर्छ । सरकारले कोरोना उपचारमा संलग्न हुने स्वास्थ्यकर्मीलाई मानसिक र शारीरिक रुपमा बलियो बनाएर स्वास्थ्य उपचारमा खटाउन पर्छ । अस्पतालहरुले सरकारसँग समन्वय गर्न परिपक्वता देखाउन नजानेका कारण कोरोना उपचार संलग्न स्वास्थ्यकर्मीले प्रयोग गर्ने पिपिइ, स्वास्थ्यकर्मीलाई क्वारेन्टिन वा बास स्थानमा विषयमा सवाल उठेको हुन पनि सक्छ ।  

भरखरै भारतमा विज्ञहरुले प्रधानमन्त्री मोदीलाई पत्र लेख्दै सम्बन्धित क्षेत्रका विज्ञहरुको कुरा बेलैमा नसुन्दा भारतमा कोरोनाले भयावह स्थिति पैदा भएको, लकडाउनको उपाय प्रत्युत्पादक भएको उल्लेख गरेका छन् । नेपालको हकमा यो कुरा कत्तिको लागू हुन सक्छ ? के नेपालमा कोरोना महाव्याधि विरुद्धको लडाइँमा विज्ञहरुको कुरालाई सरकारले राम्रंरी सुनेको र पालना गरेको छ जस्तो लाग्छ तपाईंलाई ?

कोरोनाकै कारण सबै व्यवसाय उद्योगधन्दा ठप्प छन् । विदेशमा रोजगार गुमेर अलपत्र परेर आफ्नै पैसामा खाने बस्ने गरेका स्वदेश फर्किने प्रतिक्षा धेरै नेपाली छन् । नेपालमा लकडाउन भएसँगै सबै होटल व्यवसाय ठप्प छन् । यस्तो अवस्थामा विदेशबाट नेपाल आउन चाहने नेपालीलाई  ल्याएर १४ दिनसम्म होटलमा राखेर कोरोना भएनभएको पत्ता लगाएर त्यही अनुसारको घर पठाउने, आईसोलेसनमा राख्ने नीति लिएको सरकारले लिएको भए यहाँ नेपालका हजारौं जनाको रोजगारी गुम्ने थिएन ।

विदेशमा नेपालीले गर्दै आएको खर्च स्वदेशमा गर्ने थिए   । होटलमा क्वारेन्टिनमा बस्नेसँग कोही प्रतिशत पैसा, सरकारले केही प्रतिशत, कोरोना पहिचान तथा नियन्त्रणका लागि जम्मा भएको पैसाको केही प्रतिशत पैसा जुटाएर स्वदेशमा ल्याएर राख्ने गाइडलाइन बनाएर समयमै सरकार तातेको भए कम्तिमा होटल व्यवसाय ठप्प हुने थिएनन् ।


देशका विभिन्न भागमा संचालित मेडिकल कलेजसँग समन्वय गरेर क्वारेन्टिन तथा आइसोलेसन बनाएको भए गोठ, चौरलाई क्वारेन्टिनलाई बनाउन पर्दैनथियो । त्यसो गरेको भए अव्यवस्थित क्वारेन्टिन भएको आरोप सरकारलाई लाग्थेनन् । क्वारेन्टिनमा उचित भौतिक सुविधा तथा औषधि उपचारको अभावमा मानिसको ज्यान जाने थिएन ।


देशका विभिन्न भागमा संचालित मेडिकल कलेजसँग समन्वय गरेर क्वारेन्टिन तथा आइसोलेसन बनाएको भए गोठ, चौरलाई क्वारेन्टिनलाई बनाउन पर्दैनथियो । भारतबाट आएका नेपाली नागरिक स्कुल, चौरमा  बनाइएको क्वारेन्टिन राख्दा सुत्नका लागि विस्तरा, खानाका खर्च र अन्य खर्च स्थानीय तहले तथा क्वारेन्टिनमा बस्ने स्वयं व्यक्तिले गर्ने खर्च, केन्द्रिय तहको सहयोग तथा अन्य सहयोगबाट मेडिकल कलेजलाई तिर्ने व्यवस्था गर्न सकिन्थ्यो । त्यसो गरेको भए अव्यवस्थित क्वारेन्टिन भएको आरोप सरकारलाई लाग्थेनन् । क्वारेन्टिनमा उचित भौतिक सुविधा तथा औषधि उपचारको अभावमा मानिसको ज्यान जाने थिएन ।

अर्को कुरा, कोरोना परीक्षणको गतिले तिब्रता लिन सकेनन । मन्त्रालय यो सरुवा रोग सरिहाल्छ नि भन्ने पाराले बसे जस्तो देखियो । पिसिआर परीक्षण गर्ने प्रयोगशाला बीस—वाइसवटा मात्रै छन् । सम्पूर्ण जिल्लासँगै कम्तीमा १ सय स्थानमा पिसिआर परीक्षण प्रयोगशाला संचालन गरेर परीक्षणको दायरालाई बढाएको भए लकडाउन गर्नु पर्थेन, साथै संक्रमितको संख्यामा पनि यति अचाक्ली वृद्धि हुन्थेन ।

अब विदेशमा समस्या परेकालाई क्रमशः ल्याउने व्यवस्था मिलाउन पर्छ । विदेशमा रोजगार गुमाएर एउटै कोठा नेपाली कोचाकोच भएर बस्दा झन धेरै नेपाली कोरोना संक्रमित भए । त्यसरी बसेका नेपाली दुई महिनासम्म त्यहाँ खर्च गर्ने पैसाले प्लेन भाडा तिरेर नेपालमा आउन सक्थे होला नि ! सरकार तथा सम्बन्धित निकायले लामो सोच राखेर परिपक्वताका साथ काम गर्न चुके ।

२००० भन्दा बढी स्रंक्रमित फेलापरेपछि सरकारले स्वास्थ्य आपतकालको घोषणा गर्ने तरखर गरेको छ । यो भनेको के हो ? यसले कोरोनाभाइरसविरुद्धको लडाइँमा के फरक पार्छ ? यसले आम मानिसको दैनिक जीवन अनि स्वास्थ्योपचार पाउने हकमा के कस्ता असरहरु पार्न सक्छन् ?

नेपाल अहिले भइरहेको अवस्था नै स्वास्थ्य आपतकाल हो । मन्त्रालयले मन्त्रीपरिषद्मा लगेर घोषणा गरेपनि, नगरेपनि हामी यो आपतकालीन अवस्था पहिल्यैदेखि थियौँ । विश्व स्वास्थ्य संगठनले अन्र्तराष्ट्रिय चासोको विषय बनेको सार्स–कोभ–२ नाम दिइएको नोबेल कोरोनाभाइरसका कारण लाग्ने कोभिड– १९ रोगलाई महामारीको रुपमा घोषणा गर्‍यो । अन्तर्राष्ट्रिय स्वास्थ्य विधानमा नेपालले हस्ताक्षर गरेकाले नेपाललाई पनि त्यो बाध्यात्मक हुन्छ । अन्र्तराष्ट्रिय स्वास्थ्य विधानमा नेपालले हस्ताक्षर गरेका कारण नै कोरोना संक्रमणको सुरुवाती चरणमै नेपालले हवाइ सेवा बन्द, बोर्डर बन्द तथा लकडाउन गरेको हो ।


नेपाल अहिले भइरहेको अवस्था नै स्वास्थ्य आपतकाल हो । मन्त्रालयले मन्त्रीपरिषद्मा लगेर घोषणा गरेपनि, नगरेपनि हामी यो आपतकालीन अवस्थामा पहिल्यैदेखि थियौँ ।


 यो मात्रै होइन, नेपालमा त एउटा पोलियोका बिरामी देखियो भने पनि यो भन्दा कडा खालको स्वास्थ्य आपतकालको घोषणा गर्ने स्थिति आउन सक्छ । यस्तो खालको आपतकालले अन्य स्वास्थ्य उपचारको लागि बाधा पुर्‍याउदैन । यो आपतकाल भनेको त सरुवा रोगको लागि मात्रै हो ।

नेपालमा आरडीटी परीक्षणमा पोजेटिभ आएर आतंकित बनाउने अनि पिसिआर परीक्षणमा चाहिँ नेगेटिभ आउने घटनाहरु बढी नै आइरहेका छन् । वास्तवमा यस कुराले के संकेत गरिरहेको छ ः नेपालमा पहिले नै संक्रमण विद्यमान थियो र त्यो निको भइसकेको हो वा अहिले अपनाइरहिएको परीक्षणको तौरतरिकामा नै सोच्नुपर्ने बेला आएको हो ?

कोरोना संक्रमण  पहिचान र नियन्त्रणका लागि पिसिआर परीक्षण गर्नैैपर्छ । आरडिटि परीक्षण गर्दा देखिने भनेको हात्तीको पाइला मात्रै हो । त्यो हात्तीको पाइलामा माथि धुलो माटो, रुखका पातसँगै अन्य फोहोर छैन भने मात्रै हात्तीको पाइला बल्ल प्रष्ट देखिने हो । नेपालको सन्दर्भमा हात्ती पाइला मात्रै चिनेर मात्रै हुँदैन ।

कोरोना भाइरस संक्रमितले अन्य मानिसलाई सार्न सक्छ । वर्तमान समयमा नेपालले वन छाडेर गएको हात्तीको पाइला गनेर बस्ने काम गरिरहेको छ । विगतमा यतिवटा हात्ती रहेछ भनेर अनुमान लगाउने काम आरडिटि परीक्षण गर्छ । सरकार बेकारमा पहिला कति हात्ती थियो भनेर गणना गरेर बस्ने समय होइन । हाल गर्दै आइरहेको आरडिटि परीक्षण यति जनालाई परीक्षण गरियो भनेर संख्या सुनाउनका लागि गरे जस्तो मात्रै हो ।

हाल नेपालको ७७ वटै जिल्लामा जनसंख्या हेरेर जहाँ मानिसहरुको भिडभाड हुन्छ, जहाँ भरत लगाएत अन्य राष्ट्रबाट आएका मानिसको रगत लिएर आरडिटि परीक्षण गरेर ति जिल्लाहरु हालसम्म यति जना संक्रमित भएका थिए रहेछन् भन्ने कुरा पत्ता लगाउन सकिन्छ । तर आरडिटि परीक्षणबाट वर्तमान समयमा कोरोना संक्रमित छ वा छै् भन्ने  थाहा पाउन सकिँदैन । ७७ जिल्लामा आरडिटि परीक्षण गरेर विगतमा समुदायहरुमा कोरोना संक्रमणको अवस्था पत्ता लगाउने र सर्वे गरेर भविष्यमा योजना बनाउन भने काम लाग्छ ।

तत्काल नेपालमा संक्रमण रोक्नको लागि पिसिआरको विकल्प छैन । आरडिटि परीक्षणलाई प्राथमिकता दिनु भनेको संक्रमणको दरलाई वृद्धिलाई प्रोत्साहन गर्नु जस्तै हो । आरडिटि परीक्षण गर्दा लाग्ने बजेट र जनशक्ति पिसिआर परीक्षणमा व्यवस्थापन गरेर सरकार अगाडि बढ्नुपर्छ । 


तत्काल नेपालमा संक्रमण रोक्नको लागि पिसिआरको विकल्प छैन । आरडिटि परीक्षणलाई प्राथमिकता दिनु भनेको संक्रमणको दरलाई वृद्धिलाई प्रोत्साहन गर्नु जस्तै हो । आरडिटि परीक्षण गर्दा लाग्ने बजेट र जनशक्ति पिसिआर परीक्षणमा व्यवस्थापन गरेर सरकार अगाडि बढ्नुपर्छ । 


आरडीटी परीक्षणको विश्वसनीयताका बारेमा विश्वका विभिन्न भागहरुमा अनि नेपालमा नै पनि धेरै प्रश्नहरु उठिसकेका छन् । त्यसका बाबजूद सरकारका कामकारवाही हेर्दा उसले पीसीआरपरीक्षणमा भन्दा बढी जोड आरडीटीमा दिएको देखिन्छ । यसबारेमा तपाईंको भनाइ के छ ?

नेपालसँग कोरोना भाइरस डरायो भन्दै जथाभावी रुपमा आरडिटि परीक्षण गराउने काम गरियो । आरडिटिमा पोजेटिभ देखिएका मानिसहरु विगतमा कोरोना संक्रमित थिए । ती संक्रमितले पक्कै अन्य मानिसलाई कोरोना सारेका होलानन् । सरकारले आरडिटि परीक्षणलाई प्राथमिकता र पिसिआर परीक्षणलाई आझेलमा राखेका कारण यो अवस्था सृजना भएको हो । आरडिटि परीक्षण अनुसन्धानको लागि राम्रो हो । दुई चार महिनापछि संक्रमण फैलन सक्छ कि सक्दैन भनेर अनुसन्धान तथा सर्वे गर्नका लागि यो परीक्षण विधि ठिक हुन्छ तर रोग नियन्त्रण तथा पहिचानका लागि आरडिटि परीक्षण देखावटी परीक्षण जस्तै मात्र हो ।  

तपाईं विज्ञहरुको कुरा सुन्दा पनि के थाहा पाइन्छ भने पीसीआर परीक्षणले संक्रमणको वर्तमान अवस्थालाई मात्रै देखाउँछ । तत्कालका लागि पीसीआर परीक्षण नेगेटिभ आउनुको अर्थ कोरोनाको संक्रमणबाट मुक्त भइयो भन्ने कुराको लाइफटाइम ग्यारेन्टी चाहिँ होइन । भनेपछि कोरोनाको संक्रमणलाई पत्ता लगाउन, नियन्त्रण गर्न र फैलिन नदिनका लागि सरकारले के कुरामा बढी फोकस गर्नुपर्ने देख्नुहुन्छ ?

कोरोना संक्रमण नियन्त्रण र पहिचानका लागि पिसिआर परीक्षणको विकल्प छैन । कोरोना प्रभावित क्षेत्र हेरेर लकडाउनलाई कडा तथा खुकुलो बनाएर जनजीवनलाई सामान्य बनाएर अगाडि बढ्नुको विकल्प छैन । जस्तै उदाहरणको लागि नेपालमा के भयो भने गाउँमा लकडाउन गरियो तर रोगको स्रोत चाहिँ अन्यत्र रहेछ । मैले भन्ने खोजेको के हो भने नेपालको सीमावारी लडाउन गरेर बस्ने रोगचाहिँ सीमापारिबाट भित्रिने स्थिति रह्यो ।


कोरोना संक्रमण नियन्त्रण र पहिचानका लागि पिसिआर परीक्षणको विकल्प छैन । कोरोना प्रभावित क्षेत्र हेरेर लकडाउनलाई कडा तथा खुकुलो बनाएर जनजीवनलाई सामान्य बनाएर अगाडि बढ्नुको विकल्प छैन । जस्तै उदाहरणको लागि नेपालमा के भयो भने गाउँमा लकडाउन गरियो तर रोगको स्रोत चाहिँ अन्यत्र रहेछ ।


नेपालमा क्षेत्रफलका हिसाबले त्यति ठूलो देश होइन । सीमा नाकाबाट लुकेर रुपन्देहीबाट छिरेका व्यक्ति ४÷५ दिन हिँडेर आफ्नो गाउँसम्म सजिलै पुग्न सक्छ । त्यसरी जाने मानिस केही गरी कोरोनासंक्रमित छ भने उनीसँग त्यो संक्रमण पनि पुग्ने भयो । अहिले नै बाटो बन्द भए पनि पैदल यात्रा गरेर भारतीय सीमा नाकाबाट नेपाली स्वदेश फर्किएका छन् । नेपाल भारत नाकाबाट हिँडेर हुम्लाजुम्ला पुग्न बढीमा ९–१० दिन लाग्न सक्छ । अन्यथा मानिसहरु हिँडेरै सजिलै भारतबाट नेपालका सबै स्थानमा पुग्न धेरै गाह्रो हुँदैन । कोरोना संक्रमण सवारी सञ्चालन नगर्दैमा रोकिँदैन ।

 हवाइ सेवा ठप्प पारेर सरकारले गल्ती गरेको छ । महामारीको बेलामा लकडाउन गरेर हुँदैन । हवाइमार्ग र स्थलमार्ग सञ्चालन गर्नका लागि सिस्टम बनाएर अगाडि बढ्नुपर्छ । जस्तै हवाइ सेवा सञ्चालनका लागि प्लेन चालक सहचालक, अन्य कर्मचारीले कस्ता खालका सावधानी अपनाउने, प्लेन चढ्ने यात्रुले कसरी सावधानी अपनाउने, कति मानिसलाई कसरी प्लेनमा राख्ने, प्लेनमा यात्रा गर्ने मानिसलाई परीक्षण गरेर यात्रा गराउने हो  कि आदि जस्ता हवाई उडानसम्बन्धी निर्देशिका बनाएर उडान सञ्चालन गर्नुपर्छ ।

विगतमा विदेशबाट आउनेलाई मात्रै स्वास्थ्य जाँच गर्ने व्यवस्था गरिएको थियो । घरेलु उडानमार्फत्  स्वदेश भित्र आउने जानेलाई पनि परीक्षणको व्यवस्था गरेर यात्रा गर्न दिने, घरेलु विमानस्थलहरुमा पनि स्वास्थ्यमर्कीको टोली खटाउने आदि जस्ता सिस्टम सरकारले यस समयमा बनाएर अगाडि बढ्नुपर्छ । अहिलेसम्म पनि सरकारले स्थलमार्ग तथा हवाइमार्ग सञ्चालनमा ध्यान दिन सकेको छैन  । यस्तै पिसिआर परीक्षणको दायरालाई तिव्र रुपमा नबढाएका कारण दिनप्रति दिन संक्रमित बढ्दै गएका छन् । ४ महिनासम्म सरकार सामाजिक दुरी कायम गर, हात धौँ, मास्क लगाउ भन्ने जस्ता सामान्य कुराहरुमै अलमल गरेर बस्ने काम गर्‍यो । 


कोरोना संक्रमितको संख्या बढेसँगै लकडाउनका कारण जनता भोकभोकै मर्ने अवस्था आउन सक्छ । सरकारले परीक्षणको दायरालाई फराकिलो बनाएर लकडाउनलाई क्रमश खुकुलो नबनाएमा दिनभरि काम गरेर साँझ बिहान हातमुख जोर्नुपर्ने बाध्यता भएका जनताले लकडाउनलाई अवज्ञा गर्ने परिस्थिति आउन सक्छ ।


कोरोना संक्रमितको संख्या बढेसँगै लकडाउनका कारण जनता भोकभोकै मर्ने अवस्था आउन सक्छ । सरकारले परीक्षणको दायरालाई फराकिलो बनाएर लकडाउनलाई क्रमश खुकुलो नबनाएमा दिनभरि काम गरेर साँझ बिहान हातमुख जोर्नुपर्ने बाध्यता भएका जनताले लकडाउनलाई अवज्ञा गर्ने परिस्थिति आउन सक्छ ।

कोरोना भाइरस चाहिँ निमूल हुँदैन, यो फ्लू जस्तै नेपालमा बसिरहन्छ भन्ने कुरा आएको छ । यस्तो स्थितिमा यो भाइरसलाई दबाउन र योसँगै जीवनलाई सहज बनाएर बाँच्न सिक्न के गर्नुपर्छ  ?

सरकार भनेको नागरिकको जनभावना र उनीहरुको आवश्यकतालाई बुझेर अगाडि बढ्नुपर्छ । जनताको जनमत सधं सकारात्मक वा सही नै हुन्छ भन्ने पनि हुँदैन तर अध्ययन अनुसन्धान गरेर जनताको जनभावना बुझेर सरकार गृहकार्य गरेर अगाडि बढ्नुपर्छ । सरकारको एकोहोरो निर्णय र गृहकार्य कम गरेका कारण संक्रमितको संख्या बढ्दै जानुका साथै जनताको प्रत्यक्ष जनजीविकामा प्रभाव परेको हो ।

आगामी दिनमा पिसिआर परीक्षणको दायरालाई व्यापक बनाएर कोरोना पोजेटिभ देखिएकालाई आइसोलेसनमा राख्ने, अन्यले सावधानी अपनाएर नियमित कार्यमा फर्किने वातावरण बनाउन तिर लाग्नुपर्छ । कोरोना परीक्षण गर्ने प्रयोगशाला  २०÷२२  ठाउँमा मात्रै स्थापना गरेर हुँदैन । यस समयमा नेपालका प्रत्येक जिल्लासँगै नाकाहरुमा गरी कम्तिमा १ सय स्थानमा कोरोना परीक्षणको लागि व्यवस्था मिलाउनुपर्छ ।

रोगसँग कसरी लड्ने वा सामना गर्ने भन्ने अनुभवले सिकाउने कुरा हो । २०१४ सालतिर नेपालमा करिब २० लाख मानिसलाई औलो रोग (मलेरिया) लाग्थ्यो ।  २ लाख मानिसको औलोे रोगको कारण मृत्यु हुने गथ्र्यो । त्यस बेला नेपालीको औसत आयु सत्ताइस वर्ष मात्र थियो ।

औलो र युद्धका कारण धेरै पुरुषको मृत्यु हुने भएकाले त्यो बेला महिलाहरुले पतिको दीर्घायुको कामना गर्दै बढी व्रत बस्ने चलन समेत थियो । २०१५ सालमा औलो उन्मुलन परियोजना सुरु भयो । औलो उन्मूलनका लागि सबैभन्दा ठुलो सहयोग संयुक्त राज्य अमेरिकाले दिएको हो । अमेरिकी आर्थिक सहयोगमा नेपालबाट करिब १० वर्षको समयावधिमा करिब करिब औलो उन्मुलन भयो । त्यससँगसँगै नेपालीको आयु ४४÷ ४५ वर्ष पुग्यो । त्यसपछि कृषी क्षेत्रमा नेपाल व्यापक रुपमा फस्टाउँदै गयो ।

नेपालबाट औलोे उन्मुलन भएको करीब ५–६ वर्षपछि बर्मामा बस्ने करिब तीन लाख नेपाली भाषी मानिसहरु भारतीय क्षेत्र मिजोरम, आसामलगायतका स्थान हुँदै जङ्गल बाटो भएर नेपाल प्रवेश गरे । वर्माबाट आएका नेपालीहरु मधेशलगायत पहाडी क्षेत्र पुर्वदेखी पञ्चिमसम्म आएर बसेको कारणले त्यस समयमा उन्मूलन भइसकेको ठानिएको औलो फेरि देखापरेर करिब  ८० हजार मानिसको मृत्यु भयो ।


जबसम्म सीमापार जुनसुकै सरुवारोगको व्यवस्थापन हुँदैन तबसम्म नेपालमा सरुवारोग फैलन छाड्दैनन्, यो उन्मूलन हुँदैन । कोभिडको सन्दर्भमा पनि वास्तविकता यही नै हो ।


त्यसैले जबसम्म सीमापार जुनसुकै सरुवारोगको व्यवस्थापन हुँदैन तबसम्म नेपालमा सरुवारोग फैलन छाड्दैनन्, यो उन्मूलन हुँदैन । कोभिडको सन्दर्भमा पनि वास्तविकता यही नै हो ।

त्यसैले सार्स–कोभ–२को संक्रमण फैलिन नदिनका लागि छिटो कन्ट्याक्ट ट्रेसिङ गरेर आशंका गरिएकालाई क्वारेन्टिनमा राखेर संक्रमणलाई नियन्त्रणमा राख्नुपर्छ । कन्ट्याक्ट ट्रेसिङमा ढिलाइ र आशंका गरेकालाई पनि परीक्षण गर्न ढिला भएमा कोरोना झन छिटै फैलन सक्ने भएकाले पिसिआर परीक्षणलाई तिव्रता दिनुपर्छ । स्थानीय तह प्रदेशिक तहले कोरोना नियन्त्रण, पहिचान र उपचारको लागि स्वास्थ्यकर्मीलाई व्यापक रुपमा परिचालन गर्नुपर्छ ।

भारत तथा अन्य देशबाट नेपाल आउने सबै जना कोरोना संक्रमित नै हुन्छ भन्ने हैन ।  धेरैजसोसंक्रमित नहुन पनि सक्छन् । त्यसैले सीमा क्षेत्रमामा क्वारेन्टिन बनाउन र पीसीआर परीक्षण गर्न नसकेका बेला सामाजिक दूरी कायम राख्न, साबुनपानी तथा सेनिटाइजरले हात धुने, ज्वरो नाप्ने, शौचालयलाई सफा राख्ने, सीमा नाका हुँदै नेपाल प्रवेश गर्ने नेपालीको तथ्याङ्क राखेर स्थानीय तहसँग सहकार्य गर्नुपर्छ । सरकारले सकेसम्म सीमा नाका हुँदै नेपाल प्रवेश गर्नेहरुको अनिवार्य कोरोना परीक्षणको व्यवस्था गरेर संक्रमितलाई स्वास्थ्यकर्मीको निगरानीमा आइसोलेसनमा राख्ने व्यवस्था मिलाएको खण्डमा संक्रमण व्यापक रुपमा फैलिँदैनन् ।

त्यससँगै लकडाउनलाई सामान्य अवस्था तिर फर्काउनतिर सरकार लाग्नुको विकल्प छैन । यो विश्व महामारीको रुपमा लिएको सरुवा रोग भएकाले भारतमा पनि कोरोना संक्रमण दर कम भइहाले पनि हाम्रा छरछिमेक तथा विश्वका अन्य देशमा संक्रमित बढ्दै गएमा नेपाल पनि अछुतो रहन सक्दैन । वास्तवमा, नेपालमा सीमापारको वस्तुस्थिति र सीमा नाकालाई बिर्सिएर नेपालभित्रको मात्रै योजना बनाएर ठुलो गल्ती गरिएको छ । त्यही कारण पनि यहाँ संक्रमण व्यापक रुपमा फैलिँदै र स्थिति बिग्रिदै गएको हो ।


नेपालमा सीमापारको वस्तुस्थिति र सीमा नाकालाई बिर्सिएर नेपालभित्रको मात्रै योजना बनाएर ठुलो गल्ती गरिएको छ । त्यही कारण पनि यहाँ संक्रमण व्यापक रुपमा फैलिँदै र स्थिति बिग्रिदै गएको हो ।


संक्रमणको सुरुवाती समय चैत्र १० गतेपछि भारतबाट नेपालीलाई परीक्षण गर्दै विस्तारै आउन दिएको भए संक्रमितको संख्या यसरी बढ्ने थिएन । भारतले मध्यपूर्वबाट आफना नागरिक ल्याउँदैछ । एक हिसाबले व्यापार पनि हो । भारतले आफ्ना नागरिक मलेसिया, साउदी, दुवै लगाएतका मुलुकबाट आफना नागरिकसँगै नेपालीलाई भारतसम्म ल्याउन सक्छ । नेपालीहरु अन्य देशबाट  हवाइ मार्ग हुँदै भारत आएर रेलबाट भारतीय सीमा नाका हुँदै नेपाल प्रवेश गर्छन । त्यसपछि कोरोना संक्रमण दर झन बढ्न सक्छ ।

चैत्र ११ गतेदेखि नै कोरोना संक्रमणसँगै लकडाउनका कारण समस्यामा परेका र रोजीरोटी गुमेका विदेशमा कार्यरत आफ्ना नागरिकलाई दिनमा दुई वटा फ्लाइट मार्फत उनीलाई स्वदेश ल्याइनु पथ्र्यो । उनीहरुलाई त्यसरी ल्याएर होटलहरुसँग समन्वय गरेर १४ दिनसम्म क्वारेन्टिनमा राखेको भए र आशंकितमा परिक्षण गरिएको भए  हवाइ मार्ग हुँदै आउनेबाट संक्रमण फैलिन डर हुने थिएन ।

नेपालका होटलहरुले दिनको १५ सयलाई क्वारेन्टिनमा राख्न सकिन्छ भनिरहेका छन् । विदेशका आउनेको केही पैसा सरकारी निकाय तथा अन्य सहयोगमा विदेशबाट ल्याएर क्वारेन्टिन राख्न सकिन्थ्यो । थन्काएर राखिएका जहाजले पनि काम पाउँथ्यो । भारतले आफना नागरिकसँगै नेपालीलाई कोरोना महामारीका कारण अल्पत्र परेका नेपाली नागरिकलाई ल्याउने कामलाई तिव्रता दिन सक्छ । त्यसैले नेपालले सुस्पष्ट योजना बनाएर तिव्र गतिमा अगाडि बढ्नुको विकल्प छैन ।

 चैत्र ११ को जस्तो दिनर्चया नभएपनि सरकारले सार्वजनिक सवारी, एरलाइन्स, स्कुल, बजार, होटल, उद्योग कलकारखाना फिलिमहल कसरी सञ्चालन गर्ने भन्ने बारेमा सरकारले तत्काल निर्देशिका बनाएर कार्यान्वयन गर्नुपर्छ ।

नेपालमा लक्षणरहित कोरोना संक्रमितको संख्या बढ्दो छ भनिन्छ । अहिले फेला परेका संक्रमित हुनेको संख्या पनि अधिकांशतः लक्षणरहित अवस्थाका रहेका र उनीहरुमध्ये धेरै कन्ट्याक्ट ट्रेसिङबाट पत्ता लागेको हो । के परीक्षणको दायरामा नआएका लक्षणबिनाका संक्रमित कारण नेपालमा झन जोखिम बढेको हो ?

लक्षणरहित कोरोना संक्रमितको कुरामा म सहमत छैन । केही समय पहिले सरकारले गरेको मिटिङमा विना लक्षण कोरोना संक्रमितको कुरा उठेको थियो । मैले कुरा उठाउने विज्ञ डाक्टरलाई सोधेको थिएँ– तपाईले नै विना लक्षण कोरोना संक्रमित भएको भनेर पुष्टि गर्नु भएको हो भनेर सोधे ? उहाँले होइन अन्य स्वास्थ्यकर्मीबाट यस्तो कुरा आएको हो भन्नु भयो । मैले त्यो बैठकमै भनेको थिए– लक्षणबिना कोरोना संक्रमित देखिए भन्नु तपाईमाथि जिम्मेवारी आइलाग्ने खतरनाक शब्द बन्न सक्छ ।

लक्षणरहित भन्ने सन्दर्भमा संक्रमित मानिससँग थाहा पाएर नपाएर घुलमिल भएका, सीमा नाका हुँदै घर फर्किएकालाई केही दिनमा हल्का ज्वरो, खोकी लाग्यो भने अरुले के भन्छन भन्ने डरले पनि धेरैले वास्तविकता लुकाउन तथा पचाउन सक्ने खतरालाई वेवास्ता गर्न मिल्दैन । घरपरिवार समाज, कोरोना जाँच गर्ने स्वास्थ्यकर्मीलाई कोरोना पोजेटिभ आएर पनि लक्षण देखिएको छैन् भन्छन भने संक्रमित केही व्यक्तिलाई चौबिस घण्टाभन्दा बढि सिसिक्याम्राको निगरानीमा राख्नुस्, बिरामीले खोकेको नखोकेको, ज्वरो आएनआएको भन्ने कुरा बल्ल थाहा हुन्छ । त्यसपछि मात्रै बोल्नुस भनेर डाक्टरसावहरुलाई त्यो मिटिङमा भनेको थिए । 


कोरोना संक्रमण लक्षणबिना पनि हुन्छ भन्ने कुरामा खोजअनुसन्धानको विषय बनेर निर्कष ननिस्किएसम्म मैले विना लक्षणका कोरोना संक्रमित भेटिए भनेर भन्न सक्दिनँ ।


नेपालीको संस्कार कस्तो छ भने, बिरामी भएर खान नसक्ने, वेडबाट उठ्न नसक्ने, ५÷६  दिनसम्म ज्वरो आएर थलिएको अवस्थालाई मात्रै बिरामी भएको ठान्छन् । अनि मात्रै अस्पताल जान्छन् । कोरोना संक्रमण लक्षणबिना पनि हुन्छ भन्ने कुरामा खोजअनुसन्धानको विषय बनेर निर्कष ननिस्किएसम्म मैले विना लक्षणका कोरोना संक्रमित भेटिए भनेर भन्न सक्दिनँ ।

संक्रमणका कुनै लक्षण नभएका तथा संक्रमितसँग खासै लसपस नभएका हुने खाने र पहुँच हुनेहरुले सरकारी आयोजनमा पीसीआर टेस्ट गर्ने गरेको तर वास्तवमै पीसीआर परीक्षण गर्नैपर्नेहरुले चाहिँ त्यो अवसर प्राप्त नगरिरहेको कुराहरु समाचार पढ्दा देखिन्छ । यो देख्दा तपार्ईलाई कस्तो लाग्छ ?

पीसीआर परीक्षण गर्नै नपर्नेहरुले केहीले अवसर प्राप्त गरेका होलान् । अहिलेको स्थिति हेर्दा पीसीआर परीक्षण गरेपनि एक हप्तापछि मात्रै नतिजा आउँछ । त्यो बेलासम्म संक्रमितको संख्या बढिरहदा पीसीआर परीक्षण गर्न दिएको मानिस स्वयं नै पनि संक्रमित नहोलान् भन्न पनि सकिँदैन । मुख्य कुरा, सरकारले पिसिआर विधिबाट परीक्षणको दायरालाई फराकिलो बनाउन सकेन । सरकार आफू एक्लैले पिसिआर विधिबाट परीक्षण गर्न नसक्ने भएपछि बरु कोरोना पहिचान र नियन्त्रणका लागि छलफल गरेर निर्देशका बनाएर निजी अस्पताललाई पनि त्यो परीक्षणको जिम्मा दिए हुन्छ । अर्को चाहिँ सरकारले पिसिआर मेसिन किनेर दक्ष जनशक्ति भएका निजी अस्पताललाई दिने र सस्तो सुलभ दर परीक्षण गर्ने व्यवस्था पनि मिलाउनसक्छ । जसरी हुन्छ, बढीभन्दा बढी परीक्षणको दायरा बढाएर संक्रमितको छिटोभन्दा छिटो पहिचान गर्ने र निजहरुबाट अरुलाई संक्रमण सर्न सक्ने अवस्थालाई न्यून गर्न सकिन्छ । 


सरकार आफू एक्लैले पिसिआर विधिबाट परीक्षण गर्न नसक्ने भएपछि बरु कोरोना पहिचान र नियन्त्रणका लागि छलफल गरेर निर्देशका बनाएर निजी अस्पताललाई पनि त्यो परीक्षणको जिम्मा दिए हुन्छ ।


आफूले पिसिआर परीक्षणको दायरालाई फराकिलो नबनाउने, अरुलाई पनि गर्न नदिने गर्नु ठीक हुन्न । सरकारले जिम्मेवारी र नेतृत्व लिएर अरुलाई काम गराउने क्षमता राख्नुपर्छ । सबै सरकार आफैले गर्नपर्छ भन्ने छैन । सरकारी निजी क्षेत्र मिलेर परीक्षणको दायरालाई फराकिलो नबनाएमा कोरोना संक्रमणले भन्दा पनि अन्य रोग र भोगले मर्नेहरु संख्यामा वृद्धि हन्छ । लकडाउनमा कोरोना संक्रमणको कारणभन्दा पनि बढी आत्महत्या गर्ने तथा अरु रोगका कारण मर्नेहरुको संख्यामा बद्धि भएको कुरालाई विशेष मनन गर्दै सरकारले लकडाउनको विकल्प खोज्ने गृहकार्यका साथ अगडि बढ्नपर्छ ।

एउटा उदाहरण दिन्छु ः नेपालभन्दा निक्कै धेरै संक्रमणले पिरोलिएको मुलुक इरानले लकडाउन खुकुलो बनाइसक्यो । अहिले त्यहाँ विवाह भोजमा जानुभन्दा अगाडि पिसिआरको परीक्षणका लागि नमुना दिने र त्यसपछि ४ घण्टामा नतिजा आउने व्यवस्था मिलाएको छ । त्यस नतिजाको आधारमा पार्टी सहभागी हुने व्यवस्था इरानले गरेको छ ।

 


रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.