शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

स्वास्थ्यका ६  विशिष्ट श्रेणीका कर्मचारीको जिम्मेवारी हेरफेर

बिहीबार, २२ जेठ २०७७, २२ : ४२
बिहीबार, २२ जेठ २०७७

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १२ औँ र ११ औ तह (सहसचिव स्तर)का ६  कर्मचारीको जिम्मेवारी हेरफेर गरेको छ ।  मन्त्रालयका प्रशासन महाशाखा प्रमुख रघुराम विष्टले कोभिड –१९ का सन्दर्भमा गर्नुपर्ने कतिपय कामलाई ध्यानमा राखी उनीहरुको जिम्मेवार हेरफेर गरिएको बताएका छन् । 

उनका अनुसार स्वास्थ्य विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठलाई मन्त्रालयमा पठाइएको छ । श्रेष्ठले मन्त्रालयमा रहेर कोभिड  क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) को जिम्मेवारी वहन गरेका छन् । यस्तै स्वास्थ्य विभागका महानिर्देशकमा डा.दीपेन्द्ररमण सिंहलाई पठाइएको छ । 

यसैगरी एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा.रमेश खरेललाई विभागको व्यवस्थापन महाशाखाको निर्देशकको जिम्मेवारी दिइएको छ । व्यवस्थापन महाशाखाका निर्देशक डा.भोगेन्द्रराज डोटेललाई मन्त्रालयमा तानिएको छ ।  यसैगरी परोपकार प्रसूति गृहका निर्देशक डा.जागेश्वर गौतमलाई पनि मन्त्रालय तानिएको छ । प्रसूतिगृहमा कोशी अञ्चल अस्पतालका निर्देशक संगीता मिश्रलाई पठाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप