शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ट्रम्पले खाने औषधिले रोक्दैन कोरोना, बरु गर्छ साइड इफेक्ट

बिहीबार, २२ जेठ २०७७, २१ : ५४
बिहीबार, २२ जेठ २०७७

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रयोग गर्दै आएको हाइड्रोक्सिक्लोरोकिन औषधिले कोरोनाभाइरसबाट बचाउन नसक्ने निष्कर्ष वैज्ञानिकहरुले निकालेका छन् ।

 मिनेसोटा विश्वविद्यालयको नयाँ अध्ययनको यो निष्कर्ष बुधबार न्यू इङल्यान्ड जर्नल अफ मेडिसिनमा प्रकाशित भएको हो । 

गत महिना आफ्ना एक सहयोगीमा कोरोना भाइरस देखिएलगत्तै राष्ट्रपति ट्रम्पले आफूले कोरोनाबाट जोगिनका लागि हाइड्रोक्सिक्लोरोकिन प्रयोग गर्ने गरेको बताएका थिए । यो औषधि मलेरियाको रोकथाम र उपचारमा प्रयोग गरिन्छ । 
मिनेसोटा विश्वविद्यालयले गरेको यस अध्ययनबारे पछिल्लो केही महिनादेखि सञ्चारमाध्यममा समाचार आइरहेका थिए र नयाँ अध्ययनका लेखक डेभिड बोलवेरले राष्ट्रपतिका चिकित्सकहरुबाट अध्ययनका क्रममा आफूलाई इमेल प्राप्त भएको जानकारी दिएका छन् । बोलवेरका अनुसार यस औषधिले रोग लाग्न नदिने विषयमा उनीहरुले ९ मेइमा इमेल गरेर सुझाव मागेका थिए । उनीहरुले अध्ययन नतिजा र यस क्रममा सहभागीहरुलाई दिइएको औषधिको डोजका विषयमा पनि सोधका थिए । 

राष्ट्रपतिका चिकित्सकहरुलाई सल्लाह दिदैं बेलावेरले भनेका थिए, ‘ हाइड्रोक्सिक्लोरोकिनले रोग लाग्न नदिने विषयमा कुनै अध्ययन नतिजा प्रकाशित भएको छैन ।’ 

उनले आफ्नो अध्ययनमा सहभागी भएर यो औषधि लिएका व्यक्तिहरुमा धेरै साइड इफेक्ट र मुख्यत  ग्यास्ट्रोइनटेस्टिनल, पेट पोल्ने तथा बान्ता हुने समस्या देखिएको अनुभव पनि बाडेंका थिए ।

 ‘मलाई थाहा थियो उनीहरु सायद मैले भनेको कुरालाई बेवास्ता गर्नेवाला थिए किनकी ह्वाइटहाउसले हप्तौं–हप्तौंदेखि  हाइड्रोक्सिक्लोरोकिनबारे चर्चा गरिरहेको थियो,’ मिनेसोटा विश्वविद्यालयका संक्रामक रोग विज्ञ तथा मेडिसिन प्रोफेसर बोलवेरले भने । 

अब भने यो अध्ययन हाइड्रोक्सिक्लोरोकिनले काम गर्दैन, बरु उल्टै अन्य समस्या निम्त्याउँछ भन्ने निष्कर्षमा पुगेको छ र यसको नतिजा न्यू इङल्यान्ड जर्नल अफ मेडिसिनमा प्रकाशित छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप