गुल्मीका सञ्चारकर्मीलाई पीपीई सेट वितरण
बिहीबार, २२ जेठ २०७७, २१ : ०५
नेपाली काङ्ग्रेस गुल्मी–काठमाडौ सम्पर्क समितिले गुल्मीका सञ्चारकर्मीहरुलाई पिपिइ सेट उपलब्ध गराएको छ ।
कोरोना संक्रमणबाट बच्दै समाचार सम्प्रेषण गर्न सहयोग पुगोस् भन्ने सोचका साथ सम्पर्क समितिको विपद् व्यवस्थापन विभागले उपलब्ध गराएको २५ थान पीपीई सेट प्रेस युनियन गुल्मीले बिहीवार नेपाल पत्रकार महासंघ गुल्मी शाखालाइ हस्तान्तरण गरेको हो ।
सेट बुझ्दै महासंघ गुल्मीका अध्यक्ष नवराज भुसालले सहयोगदातालाई धन्यवाद दिँदै अग्रोमोर्चामा रहेर काम गर्ने सञ्चारकर्मीलाई पीपीई उपलब्ध गराउने बताए ।
उक्त सेट हस्तान्तरणका क्रममा काँग्रेस गुल्मीका सभापति भुवनप्रसाद श्रेष्ठ, प्रेस युनियनका अध्यक्ष रेशम कुँवर लगायतको सहभागिता रहेको थियो ।