मापदण्ड अनुसार क्वारेन्टिन सञ्चालन नभएको भन्दै मुद्दा दायर
बुटवल । प्रदेश ५ मा सञ्चालन भएका केही क्वारेन्टिन मापदण्ड अनुसार नभएको भन्दै आज प्रदेश सरकार र कपिलवस्तुका केही स्थानीय तहलाई विपक्षी बनाए मुद्दा दायर गरिएको छ ।
कपिलवस्तु मायादेवी गाँउपालिका ५ का सुनिल कुमार चौहान र कपिलवस्तु कृष्णनगर नगरपालिका ६ का अरुणेश कुमार उपाध्यायले मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रदेश नम्बर ५ बुटवल, जिल्ला प्रशासन कार्यालय कपिलवस्तु, जिल्ला प्रशासन कार्यालय रुपन्देही सहित दुई जिल्लाका ९ स्थानीय तहलाई विपक्षी बनाएर उच्च अदालत तुलसीपुर बुटवल इजलासमा मुद्धा दायर गरेका हुन् ।
सो मुद्दामा नेपालको मापदण्ड अनुसारकाे क्वारेन्टिन बनाउन संविधानको धारा १४४ (१) र (२) बमोजिम परमादेश प्रतिषेधलगायत अन्य आवश्यक उपयुक्त आज्ञा, आदेश जारी गरि पाऊँ भन्ने माग गरिएको छ ।
उच्च अदालत तुलसीपुर बुटवल इजलासले सो मुद्दाको सुनुवाईका लागि शुक्रबारको पेशी तोकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लू’सँग लड्न सरकारसँग छैन रणनीति, के हुन् ‘लू’का लक्षण र बच्ने उपाय ?
-
लगातार दोस्रो दिन सुनको मूल्यमा भारी गिरावट
-
बारामा सईले बोकेको अटोमेटिक पेस्तोल गायब
-
चैते धानप्रति दाङका किसानको आकर्षण बढ्दो
-
महानगरको सक्रियतामा ठुला आयोजना निर्माण सम्भव भएको हो : प्रमुख दाहाल
-
बेलिङह्यामलाई ‘लौरेस वर्ल्ड स्पोर्टस अवार्ड’