शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बझाङमा २६ वर्षीय युवकमा कोराना संक्रमण पुष्टि

बिहीबार, २२ जेठ २०७७, २० : ५२
बिहीबार, २२ जेठ २०७७

बझाङ  । जेठ १५ गते भारतको दिल्लीबाट बझाङ आएका एक युवकको कोरोना संक्रमण पुष्टि भएको छ । २६ वर्षीय उनी बित्थड चिर गाउँपालिका ७ का स्थायी बासिन्दा हुन् । 

भारतबाट आएर गाउँपालिकाको व्वारेन्टाइनमा बस्दै उनमा पिसिआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो ।

भारतबाट सँगै आएका परिवारमा आमा र बच्चाको पिसिआर परीक्षण गर्दा कोरोना संक्रमण नेगेटिभ आएको तर ती युवकको रिर्पोट पोजेटिभ आएको जिल्ला जन स्वास्थ्य कार्यालयका प्रमुख भानुभक्त जोशीले बताए । सँगैका १३ जनाको पिसिआर परीक्षण गर्दा १२ जनामा रिपोर्ट नेगेटिभ आएको तर एक जनामा रिपोर्ट पोजेटिभ आएको उनको भनाइ छ ।

कोरोना संक्रमण पुष्टि भइसकेपछि उनलाई डडेल्धुरा अस्पतालमा रिफर गरिएको छ ।   जिल्लामा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको हो। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप