बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश नम्बर १ का ७८ जनाले जिते कोरोना, आजै ३० जना डिस्चार्ज

बिहीबार, २२ जेठ २०७७, १९ : ४३
बिहीबार, २२ जेठ २०७७

विराटनगर । प्रदेश नम्बर १ बाट बिहीबारसम्म ७८ जना कोरोनाभाइरस (कोभिड—१९) संक्रमणमुक्त भएका छन् । 
 बिहीबारमात्रै ३० जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । 
 कोशी अस्पताल कोरोना उपचार केन्द्रबाट २७ जना र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ३ जना गरी आज ३० जनाले कोरोनालाई जितेर घर फर्किएको प्रदेश नम्बर १ को सामाजिक विकास मन्त्रालयले जनाएको छ । 
यसैबीच प्रदेश १ मा आज थप १६ जनालाई कोभिड—१९ पुष्टि भएको छ । यो सँगै प्रदेश १ मा जम्मा कोभिड—१९ पुष्टि भएको संख्या २०१ पुगेको छ । 
हाल १२३ जना कोभिड–१९ पुष्टि भएकाहरुको उपचारर भइरहेको छ।      
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप