शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना राहत कोषमा पोष्ट बहादुर बोगटी स्मृति प्रतिष्ठानको एक लाख सहयोग

बिहीबार, २२ जेठ २०७७, १९ : ३५
बिहीबार, २२ जेठ २०७७

पोष्ट बहादुर बोगटी स्मृति प्रतिष्ठानले कोरोना रोकथाम उपचार तथा राहत कोषमा १ लाख सहयोग गरेको छ । 
आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई प्रतिष्ठानले १ लाखको चेक हस्तान्तरण गरेको हो । सिंगो देश कोरोना महामारी विरुद्ध लडिरहेको बेला सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम हस्तान्तरण गरिएको प्रतिष्ठानका कोषाध्यक्ष रुद्र ढुंगेलले बताए । 
२०७१ साल भदौ ३० गते हृदयघातबाट निधन भएका तत्कालिन एकीकृत माओवादीका उपाध्यक्ष पोष्ट बहादुर बोगटीको नाममा गठित प्रतिष्ठानले विभिन्न मानवीय तथा सामाजिक सहयोगका कार्यक्रम गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप