लकडाउनलाई खुकुलो पार्न चेम्बरका अध्यक्षको सुझाव
बिहीबार, २२ जेठ २०७७, १९ : ०३
काठमाडौं । नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले कोभिड—१९ बाट बच्न सुरक्षाका विभिन्न उपाय अपनाई लकडाउनलाई खुकुलो पारेर व्यवसायलाई आर्थिक चलयमान बनाउनुपर्ने बताएका छन् ।
काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका अधिकारीसँग भेटगरी उनले यस्तो सुझाव दिएका हुन् ।
यी सुझावलाई तीनवटै प्रमुख जिल्ला अधिकारीहरुले सकारात्मक रुपले लिएको श्रेष्ठले बताए ।
भेटका क्रममा सीडीओहरुले यी सबै सुझावलाई लिएर नयाँ मोड्यालिटि बनाएर कोभिड–१९ बाट बच्न सुरक्षाका विभिन्न उपाय अपनाई लकडाउनलाई खुकुलो बनाउने जानकारी दिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा