ट्रम्पले ‘झुठो द्वन्द्व’ सिर्जना गरेको आरोप

वासिङ्टन । अमेरिकी पूर्व रक्षामन्त्री जेम्स म्याटिसले ह्वाइट हाउस नजिकै भइरहेका प्रदर्शन नियन्त्रणका लागि सेना परिचालन गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीले देशको सेना र नागरिक समाजबीच ‘झुठो द्वन्द्व’ सिर्जना गर्ने बताएका छन् ।
सिरियाबाट अमेरिकी सेना फिर्ता गर्ने ट्रम्पको निर्णयप्रति असहमति जनाएर सन् २०१८ डिसेम्बरमा राजीनामा गर्नुभएका म्याटिसले भने, ‘मैले यो साताका घटनाक्रमलाई नियालिरहेको छु र यसबाट मलाई क्रुद्ध बनाएको छ ।’
राष्ट्रपति ट्रम्पका विरुद्धमा यसअघि उनले कुनै पनि प्रतिक्रिया दिन चाहेका थिएनन् । तर प्रहरी नियन्त्रणमा रहेका जर्ज फ्लोएडको मृत्यु भएपछि देशव्यापी विरोध प्रदर्शनबीच म्याटिसले आफ्नो भनाई सार्वजनिक गरेका हुन् ।
म्याटिसको भनाई सार्वजनिक भएसँगै राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै जेम्स म्याटिसलाई चाहिनेभन्दा बढी महत्व दिइएको प्रतिक्रिया दिएका छन् ।
उनले ‘मलाई म्याटिसको नेतृत्व गर्ने शैली बिल्कुलै चित्त बुझेको छैन’ भनेका छन् । म्याटिसले अगाडि भनेका छन्, ‘डोनाल्ड ट्रम्पले अमेरिकी जनतालाई एकताबद्ध गराउन कहिल्यै प्रयास गरेको मैले पाइनँ । उहाँ हामीलाई विभाजन गर्न चाहनु हुन्छ । हामीले तीन वर्षदेखि यही शैली पाएका छौं । हामीले ट्रम्पबाट परिपक्व नेतृत्व नै पाउन सकेनौं ।’ म्याटिसले ट्रम्प बाहेक अरु अमेरिकीहरु एकताबद्ध हुन पनि आह्वान गरेका छन् । प्रदर्शनकारीका बारेमा प्रतिक्रिया दिँदै म्याटिसले ठूलो संख्याका नागरिकले कानुन बमोजिम समान न्याय पाउनुपर्नेमा जोड दिएका छन् । –एपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरियामा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली
-
माधव नेपाल र बाबुराम भट्टराई विरुद्धको मुद्दा हेर्दाहेर्दैमा
-
भारतबाट बुवाले २० हजारको जागिर मिलाए, ह्याकरले छोरालाई चोरीमा प्रयोग गरे
-
स्वास्थ्य मन्त्रालयले भन्यो– औषधि लिमिटेड खरिद प्रक्रियामा समावेश नभएकाले खरिद रोकियो
-
सेयर बजार लगातार वृद्धि, कारोबार रकम १० अर्ब नाघ्यो
-
पूर्वपर्यटन मन्त्री प्रेम आलेमाथि अख्तियारले थाल्यो छानबिन