बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

मानौं आज संसार नै मातृशोकमा छन्

बिहीबार, २२ जेठ २०७७, १७ : ४२
बिहीबार, २२ जेठ २०७७

ए कोरोना
तँ वैश्विक संक्रमण बनेर
धर्तीको छात्तीमा
संत्रासको आगो बनेर
सल्कि रहेछस पल पल
निष्ठुरी निरंकुष बनेर

पुञ्जि तकनिकि
आणविक शक्तिको घमण्डी
देशको बर्गीय विभाजनले
तँलाई छेक्न सकेन
मै हु भन्ने
अमेरिकाको छात्तीमा पनि
काल बनेर गुर्कुसी मारि रहेछस
बिकसित हुनको
अहंकार  सम्पन्नता
न्यूक्लियरले
कहँ थाम्न सक्यो र
त्राहिमाम पुकार्दै
घुडो टेक्न बाध्य छ
तँ अगि

आज बिश्व भरमै
तँ
प्रकाश र आकाश
हावा र पानी जस्तै
निर्विग्न
फैलिरहेछस्
तेरो नौलो क्रोनोलजीले
विज्ञानलाई चुनौती दिइरहेछस्
समय आज तेरो
कमारो बनि रहेछ
त्यसैले
विज्ञान बुद्धि
तकनीकिको भन्दा
तेरो आदेशमा कालले
 वय वृद्ध वृद्धादेखि
बाल बनितासम्म
निसंकोच
टप्प टप्प टिपि रहेछ
मानौ ब्ल्याक होलले आज
पृथ्वी नै निलि रहैछ

तँ अगि
पार्वती गणेश र कार्तिकेमाझको
वातशल्य हारेको छ
राधा श्याम
शिव र सतिको
बलिदानी प्रणय सम्बन्ध
भृगुश्रेष्ठ महर्षि
जमदग्नि जस्तो
संकालु बनेको छ

श्रावन कुमार
जस्ता उत्तर दायी
पित्रि भक्त पुत्र
औरंगजेब झै
 निष्ठुर बनेका छन्

मान्छे आज मान्छे नभएर
जनावर बनेको छ
न त जन्मोत्सवको
न त मृत्युको
कुनै संस्कारले बाँधेको छ
केवल आफ्नो प्राणको
प्रेमी बनेको छ

आज बुद्धिमानि कहलाहिने
त्यहि मानव
अज्ञान
भावहीन
त्रसित
बिपना मृत्यु
सपना मृत्यु
परिकल्पना भयवाहपूर्ण मृत्यु
भोगि रहेछन्
निरिह धर्ती
आमा बाबा
दाज्यू भाई
दिदी बहिनी
लोग्ने स्वास्नी
सबै सबै मायाहरू बिर्सेर
सम्बन्धहरू पन्छाएर
एक्लो बाँच्ने
उपायहरूमा अल्झि रहेछ

हो तर
यो भयवाहपूर्ण
पहिलो र दोस्रो
युद्धभन्दा
संत्रासित माहोलले
एक पलको निम्ति
एक दिनको निम्ति
सप्ताह र महिनाको निम्ति
जीवनको दिकदर्शन
दिएको हुनु पर्छ
मान्छेले बाँच्नु भन्दा
बचाईको महत्व बुजेको हुनुपर्छ
कोरोना तँ
सूष्म छुद्र अघि
घुडा टेकेको
क्षण
सायदै मै हु भन्ने
धर्ती र सृजना
अनि जीवनको गति
रोक्न तम्सिने
चीन अमेरिका
ब्रिटेन
जापान
जर्मन  ले
भोलि त्यसका अस्तित्वको
अहंकारको आगोमा
निर्दोष जीवनहरू होम्दैनन् कि
यस घडीमा
त्यहि जीवन बचाउन
होम्मिन परेको
यो कहालि लाग्दो क्षण
भूल्दैनन् कि

 तरै तँलाई धन्य छ कोरोना
तँ सूष्म भए पनि
तँमा जात र जातिको
धर्म र बर्णको
लिग भेदभाव छैन
न पुञ्जीपति र पुञ्जिबाद
न त मजदुर र साम्यबाद
झोपडी देखि आलिशान भवनसम्म
तेरो संत्रास छाएको छ

मान्छेमा
जीवन र मानवताको
मूल्यबोध
बल्ल भित्रिएको छ
बुद्धि विज्ञान
तरक्की
अणु परमाणु
न्यूक्लियर हाइड्रोजन जस्ता
बिस्फोटक
नगन्य छन्
साँद सीमाना
तकनिकि
शोक संतप्त छन्
मानौं आज
संसार नै
मातृ शोकमा छन्  ।।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा