मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

मर्यादापालकमा कोरोना पोजेटिभ देखिएपछि प्रदेशसभा बैठक स्थगित

बिहीबार, २२ जेठ २०७७, १७ : ०१
बिहीबार, २२ जेठ २०७७

जनकपुर । प्रदेश नम्बर २ को प्रदेशसभा कार्यरत ५ जना मर्यादापालक र आर्थिक मामिला तथा योजना राज्यमन्त्रीका एकजना स्वकीय सचिव गरी ६ जनालाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । जेठ १६ गते ३ सय ४४ जनाको स्वाब संकलन भएको थियो । प्रदेशसभा वैठक बस्नुपूर्व सुरक्षाकर्मी, कर्मचारी, मन्त्रीहरुका स्वकीय सचिव र प्रदेशसभा सदस्यहरुको समेत स्वाब संकलन गरिएको थियो ।

प्रदेशसभा बस्नुपूर्व नै प्रदेशसभा सदस्यहरुको रिपोर्ट आएपछि बुधबार देखि प्रदेशसभाको चौथो अधिवेशन वैठक सुरु गरिएको थियो । तर आज मर्यादापालक र स्वकीय सचिवको रिपोर्ट आएपछि प्रदेशसभा वैठक नै अनिश्चितकालिन लागि बैठक स्थगित गरिएको सभामुख सरोजकुमार यादवका प्रेस संयोजक प्रभाकर सिंहले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप