शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

स्वास्थ्य सेवा विभागका महानिर्देशक मन्त्रालयमा तानिए

बिहीबार, २२ जेठ २०७७, १७ : ००
बिहीबार, २२ जेठ २०७७

काठमाडौं । स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठ स्वास्थ्य मन्त्रालयमा तानिएका छन् ।  यस्तै परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका निर्देशक डा जागेश्वर गौतम पनि मन्त्रालयमा तानिएका छन् । 
मन्त्रालयको मन्त्रीस्तरीय बैठकबाट उनीहरुलाई मन्त्रालय तान्ने निर्णय भएको हो । 

 व्यवस्थापन महाशाखाका निर्देशक भोगेन्द्र डोटेललाई पनि मन्त्रालय नै तानिएको मन्त्रालयका एक अधिकारीले बताए ।

 परोपकार प्रसूती तथा स्त्रीरोग अस्पतालको निर्देशकमा डाक्टर गौतमको ठाउँमा डाक्टर संगीता कौशललाई ल्याइएको छ । 

यस्तै विभागको महानिर्देशकमा डाक्टर दीपेन्द्ररमण सिंह र व्यवस्थापन महाशाखामा डा रमेश खरेललाई जिम्मेवारी दिएको मन्त्रालयका ती अधिकारीले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप