शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ओखलढुंगामा २७ जनाको पीसीआर र ४ सय बढीको आरडीटी परीक्षण

बिहीबार, २२ जेठ २०७७, १६ : २४
बिहीबार, २२ जेठ २०७७

भारतको बिहारबाट ओखलढुंगाको मानेभज्याङ गाउँपालिका आइपुगेका २ सहित २० जनाको आरडीटी परीक्षण परिपोर्ट नेगेटिभ आएको छ । बिहीबार जिल्ला स्वास्थ्य कार्यालय ओखलढुंगाले स्थानीय तहमा पुगेर गरेको आरडीटी परीक्षणमा उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको हो । जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीका अनुसार दुई जना भारतको बिहारबाट आएका हुन् भने अन्य १८ जना काठमाडौ तथा कोरोना संक्रमित स्थान उदयपुरबाट आएका हुन् ।

उनीहरुलाई गाउँपालिकाले निर्माण गरेको क्वारेन्टीनमा राखेर आरडीटी परीक्षण गरिएको तिवारीको भनाइ छ । योसँगै ओखलढुंगा जिल्लामा ४ सय १३ जनाको ¥यापिड डाईनोष्टीक टेष्ट आरडीटी परीक्षण गरिएको छ । 
परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको तिवारीको भनाइ छ । यस बाहेक जिल्लामा पीसीआर बिधिबाट कोरोना परीक्षण गराउनेको संख्या २७ रहेको छ । भारत लगायत अन्य संक्रमित स्थानबाट आएका नागरिक तथा संकास्पद नागरिकहरुको पीसीआर परीक्षण गरिएकोमा उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य प्रमुख तिवारीको भनाइ छ । ओखलढुंगासंग सिमाना जोडिएका छिमेकी जिल्लाहरुमा कोरोना संक्रमित भेटिएपनि ओखलढुंगा भने सक्रमितहरु भेटिएका छैनन् । पुर्वका १४ जिल्लामध्ये इलाम र ओखलढुंगाबाहेक सबै जिल्लामा कोरोनाको संक्रमित भेटिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप