बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभा अध्यक्षले बैठक र भ्रमण भत्ता नलिने

बिहीबार, २२ जेठ २०७७, १६ : २३
बिहीबार, २२ जेठ २०७७

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले २०७७ जेठ २२ गतेदेखि २०७७ चैत मसान्तसम्मको बैठक र भ्रमणभत्ता नलिने बताएका छन् ।  सङ्घीय संसद् सचिवालयको आर्थिक प्रशासन शाखामा आज सो सम्बन्धी पत्र लेख्दै राष्ट्रियसभाको बैठकभत्ता तथा विभिन्न कामको सिलसिलामा मुलुकभित्र भ्रमण गर्दा  भत्ता नलिने जानकारी गराएका हुन् ।
 
पत्रमा उहाँले मुलुक कोरोना भाइरस सङ्क्रमणको महामारीविरुद्ध लडिरहेको बेला सार्वजनिक खर्चमा मितव्ययिता ल्याउने सरकारको निर्णयसँगै आफूले बैठकभत्ता र भ्रमणभत्ता नलिने जनाएका छन् । उनले उक्त भत्ता सरकारको राजश्व खातामा जम्मा गरिदिनसमेत पत्रमा अनुरोध गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप