क्वारेन्टिन सञ्चालन र व्यवस्थापनमा सेना
बिहीबार, २२ जेठ २०७७, १६ : १२
भद्रपुर । कोभिड–१९ को सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि झापाको कचनकबल गाउँपालिकामा नेपाली सेना परिचालन गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालयमा आज बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको बैठकले सबैभन्दा बढी कोरोना सङ्क्रमित भएको सो गाउँपालिकामा नेपाली सेना परिचालनको निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाको अध्यक्षतामा सम्पन्न सो बैठकको निर्णयको ३ नं बुँदा क्वारेन्टिनको सञ्चालन र व्यवस्थापन कार्यमा थप सहयोगका लागि नेपाली सेनाको अस्थायी पोस्ट तैनाथ गरिने उल्लेख छ । हाल सो गाउँपालिकामा १०३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपेश पुनमाथि सुन तस्करी मुद्दामा फेरि अनुसन्धान गरिँदै
-
आईपीएलमा आज : नयाँ रङ्गशालामा पहिलो पटक भिड्दै मुम्बई र पन्जाब
-
सिंहदरबार दक्षिण गेट अगाडि प्रदर्शन गर्दा ११ जना पक्राउ (तस्बिरहरु)
-
इराकमा पहिलोपटक सांगीतिक प्रस्तुति दिँदै राजेशपायल
-
व्यापार र रोजगारीका लागि ताक्लाकोट जानेको सङ्ख्या बढ्दै
-
प्रकट पंगेनीलाई नमस्कार