मातृकाले गरे पत्रकारहरुको बीमाका लागि आर्थिक सहयोग
बिहीबार, २२ जेठ २०७७, १५ : ४९

जनकपुर । नेकपाका स्थायी समिति सदस्य मातृकाप्रसाद यादवले पत्रकारहरुको कोरोना तथा दुर्घटना बीमाका लागि सहयोग गरेका छन् । जनकपुरधाममा सक्रियतापूर्वक विभिन्न सञ्चारमाध्यममा कार्यरत्त रहेका ५० जना पत्रकारको लागि नेता यादवले रकम सहयोग गरेका हुन् ।
नेपाल पत्रकार महासंघ धनुषा शाखाका अध्यक्ष अनिल मिश्रलाई रकम हस्तान्तरण गर्दै निवर्तमान उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री समेत रहेका नेता यादवले बीमाको लागि ३० हजार रुपैयाँ नगद सहयोग गरेका छन् । पत्रकारहरु अगग्रपंक्तिमा रहेर स्थलगत रिपोर्टिङ गर्ने भएकोले बीमाको लागि सहयोग गरेको नेता यादवले बताए । यसअघि नेपाली काँग्रेस धनुषाका नेता सुनिलकुमार झा मिन्टनले ३० थान प्रेस ज्याकेट उपलब्ध गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा मन्त्रालय पुनर्संरचनाः मन्त्रीले काम गर्न नसकेपछि छानियो विज्ञ
-
आवासीय चिकित्सकलाई सरकारी आठौँ तहको तलब सुविधा दिन निजी मेडिकल कलेजहरूलाई निर्देशन
-
तस्बिरमा हेर्नुहोस् भृकुटीमण्डपमा नेकपा एमालेको ‘युथ सेलिब्रेशन’
-
दीपक मनाङेले लिए सर्वोच्चबाट पुनरावलोकनको निवेदन फिर्ता
-
यस्तो छ ‘हेल्लो काँशीराम’ को गीत ‘झ्यामकी मादल झ्याम’
-
वैशाख १७ गते जनमत र नागरिक उन्मुक्ति पार्टीबिच एकता घोषणा हुने