शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पतिको पूर्वपत्नीको हत्या गरेको आरोपमा पूर्वप्रथम महिला पक्राउ

बिहीबार, २२ जेठ २०७७, १५ : २२
बिहीबार, २२ जेठ २०७७

आफ्नो पतिकी पूर्व पत्नीको हत्या आरोपमा लेसोथोकी पूर्वप्रथम महिला मसेहा थाबानेलाई प्रहरीले बुधबार पुनः पक्राउ गरेको छ ।

थाबाने अब आगामी जुन १६ सम्म हिरासतमा रहने छिन् । गत फेब्रुअरीमा पहिलो पटक अदालतमा उपस्थित हुँदा आवश्यक प्रक्रिया नअपनाएको भन्दै उनको जमानत रद्द गरिएको प्रहरी कमिस्नर होलोमो मोलिबेलीले बताए । मोलिबेलीका अनुसार प्राविधिक कारणले थाबानेलाई पुनः पक्राउ गर्नुपरेको बताए ।

यस आरोपबारे थाबाने र उनका पति पूर्व प्रधानमन्त्री थोमास थाबानेले हालसम्म सार्वजनिक रुपमा केही प्रतिक्रिया दिएका छैनन् ।

प्रधानमन्त्री थोमस थाबानेकी पूर्वपत्नी लिपोलेलोको सन् २०१७ को जुनमा लेसोथोको राजधानी मासेरुमा गोली हानी हत्या भएको थियो । थाबानेमाथि हत्या गर्न आदेश दिएको आरोप छ ।

पक्राउ पुर्जी जारी भएपछि गत जनवरीमा थाबाने देश छाडेर दक्षिण अफ्रिका भागेकी थिइन् । तर, केही समयपछि उनले आफै प्रहरीसमक्ष आत्मसमर्पण गरेकी थिइन् ।

हत्याकाण्डकै कारण पार्टीबाट दबाबबीच प्रधानमन्त्री थोमासले गत मे मा पदबाट राजीनामा दिनुपरेको थियो ।

स्रोत : सीएनएन

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप