शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जर्ज फ्लोयडलाई कोरोना संक्रमण पनि थियो

बिहीबार, २२ जेठ २०७७, १४ : २४
बिहीबार, २२ जेठ २०७७

अफ्रिकी मूलका अमेरिकी नागरिक जर्ज फ्लोयडको हत्या हुनु केही हप्ता अघि उनी कोरोनाभाइरस संक्रमित भएको तथ्य फेला परेको छ ।  

फ्लोयडको मृत्युपछि नै अमेरिकामा प्रदर्शनको सिलसिला सुरु भएको छ ।

जर्ज फ्लोयडको २० पानाको पोस्टमार्टम रिपोर्टमा यो कुरा सार्वजनिक भएको हो ।

यसअनुसार अप्रिल ३ मा फ्लोयडलाई कोरोनाभाइरसको संक्रमणको पुष्टि भएको थियो ।

यो रिपोर्टमा बताइए अनुसार कोरोनाभाइरस वा अन्य कुनै पनि भाइरसको जेनेटिक कोड मानव शरीरमा हप्तौंसम्म रहन सक्ने भएकोले फ्लोयडको मृत्यु भएका बेला उनीमा कोरोनाको कुनै पनि लक्षण देखिन बन्द भइसकेपनि उनी संक्रमित भएको हुनसक्छ ।

न्यूयोर्क सिटीका पूर्व मेडिकल परीक्षक डाक्टर माइकल बाइडेनले फ्लोइडको परिवारको अनुरोधमा यो गैर–सरकारी पोस्टमार्टम गरेका हुन् ।

उनले ‘द न्यूयोर्क टाइम्स’ पत्रिकालाई काउन्टीका अधिकारीले उनलाई फ्लोयड कोभिड–१९ द्वारा संक्रमित पाइएको जानकारी दिएको बताए ।

उनले भने, ‘यदि तपाईंले कोरोना भाइरसद्वारा संक्रमित व्यक्तिको शव परीक्षण गरिरहनुभएको छ भने उक्त शवसँग सम्पर्कमा आउने सबै व्यक्तिलाई यसबारे जानकारी दिन आवश्यक ठानिन्छ । ’

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप