शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

घरमै फिल्म स्टुडियो बनाउदै निर्देशक शोभित

बिहीबार, २२ जेठ २०७७, १४ : २१
बिहीबार, २२ जेठ २०७७

काठमाडौं । कोरोनाको कहरका कारण सरकारले गरेको लकडाउनको समय धेरै कलाकार फिल्म हेरेर, पुस्तक पढेर बिताइरहेका छन्, भने केही कलाकारलाई समाजसेवामा पनि देख्न सकिन्छ । निर्माता, निर्देशक तथा कलाकार शोभित बस्नेत भने यो समय सुटिङ स्टुडियो निर्माण गरेर बिताइरहेका छन् । बस्नेतले थानकोटस्थित आफ्नै निवासमा सुटिङ स्टुडियो निर्माण थालेका हुन् । जसको ७५ प्रतिसत काम समेत पुरा भएको छ । 

‘लकडाउनको केही अगाडिबाट स्टुडियो निर्माण थालेको थिए’ शोभितले भने, ‘अब दुई महिनामा भित्रमा त पुरा हुन्छ होला ।’ फिल्म, टेलिफिल्म, म्युजिक भिडियो, छोटो फिल्म लगायत सबै प्रकारका छायाँकनका लागि आफ्नो स्टुडियो उपयुक्त बस्नेतले सुनाए ।

उनले थपे, ‘मैले बनाएको स्टुडियोमा मध्यम वर्गीय परिवारका लागि आवश्यक हरेक सामान उपलब्ध हुनेछ ।  हुन त यस अगाडि छायाँकनका लागि भन्दै काठमाडौमा केही स्टुडियो निर्माण नभएको भने होइन । ती मध्ये केही बन्द भए भने केही जिर्णोद्धार अवस्थामा छन् । त्यसैले पनि काठमाडांैमा अहिले पनि छायाँकनका लागि उपयुक्त  स्टुडियो अभाव रहेको छ । 

आफ्नो स्टुडियो तयार भएपछि ठुलादेखि साना पर्दाका सबै फिल्म निर्माता निर्देशकलाई राहत मिल्ने शोभित बताए । करिब तीन दर्जन ठुलापर्दा र दजर्नाै सानापर्दाका फिल्म निर्देशन गरेका शोभित म्युजिक भिडियो र बिज्ञापन चलचित्र निर्माणमा पनि सक्रिय छन् । उनको निर्देशन रहेको एक टेलिश्रृङ्खला अहिले पनि डिसहोमबाट प्रसारित रमाइलो टिभीमा प्रसारण हुने गर्दछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप