मोटरसाईकलबाट लडेर फुपुको मृत्यु, भदा प्रहरी नियन्त्रणमा

रौतहट । रौतहटमा गुडिरहेको मोटरसाईकलबाट लडेर एक बृद्ध महिलाको मृत्यु भएको छ । फतुआ विजयपुर ५ कि ६० वर्षीया रमसखियादेवीको गरुडामा सामान्य उपचारपछि थप उपचार को लागि बीरगञ्ज लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
प्रदेश २ ,३००१ प ४०२९ नम्बरको मोटरसाइकलबाट गरुडा नपा ५ महम्मदपुर नजिकै ती महिला लडेकी थिईन् । टाउकोमा चोट लागेर गम्भीर घाइते भएकी उनको उपचारका लागि बीरगञ्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ज्ञानकुमार महतोले जानकारी दिए ।
मोटरसाइकल र चालक फतुवा बिजयपुर ५ का दरोगा यादवको छोरा २० वर्षीय सञ्जिव यादवलाई नियन्त्रणमा लिइएको डिएसपी महतोले बताए । नातामा भदा पर्ने सञ्जिवले फुपु रमसखियालाई आज बिहान घरबाट काम विशेषले गरुडा लिएर जाँदा दुर्घटना भएको हो । मृतकको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ केन्द्र चन्द्रनिगाहपुर पठाइएको प्रहरीले जनाएको छ । पक्राउ सञ्जिव यादवुँग सवारी चालक अनुमतिपत्र नरहेको र घटनाबारे थप अनुसन्धान भैइरहेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोप फ्रान्सिसको निधनपछि इटालियन सिरिएका खेलहरु स्थगित
-
विदेशमा सिकेको सिपबाट स्वदेशमै अवसरहरू सिर्जना गर्नुपर्नेमा महासंघ अध्यक्ष ढकालको जोड
-
एलिनाको नयाँ गीत ‘तिम्रो व्याइफ्रेन्ड खोइ’
-
मकवानपुर महिला गोल्ड कपको सर्वोत्कृष्ट खेलाडीले स्कुटर पाउने
-
एक महिने जैविक कृषि जागरण अभियान हुने
-
बोल्न नसक्ने नाबालिगमाथि सामूहिक बलात्कार गर्ने दुई जना पक्राउ