तरकारी लगाउन प्रयोग गरिने टनेल नै क्वारेन्टिन

दैलेख । जिल्लाको पश्चिमतिर पर्ने ठाँटीकाँध गाउँपालिकाभरि निर्माण गरिएका विद्यालय भरिएपछि गाउँभन्दा केही पर जङ्गलमा तरकारी लगाउन प्रयोग गरिने टनेल नै क्वारेन्टिन बनाउन थालिएको छ । तरकारी लगाइने जग्गामा प्लाष्टिक राखेर आपत्कालीन क्वारेन्टिन निर्माण गरेर काम शुरु गरिएको छ ।
सबै स्थान भरिएपछि बाध्य भएर आज मात्रै तीन पोलिहाउसमा पाल राखिएको गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीले बताए । उनले भने, ‘कि त जनतालाई जहाँ जान्छौ जाऊ भन्नुपर्छ, हैन भने जहाँ जे भेटिन्छ त्यसैले व्यवस्थापन गर्नुपर्छ ।’ अहिलेसम्म गाउँपालिकामा एक हजारभन्दा बढी मानिस भारतबाट प्रवेश गरिसकेका छन् । कसैको पनि स्वास्थ्य जाँच गरिएको छैन । जाँच गर्ने टोली बल्ल आउन लागेको जानकारी पाएको अध्यक्ष शाहीले बताए ।
क्वारेन्टिनमा बसेकाले मैलाई छोइदिएः शाही
प्रदेश सरकारले धमाधम जनता गाउँ पठाएर क्वारेन्टिनमा राख्न आदेश दिएकाले आफूहरुले बाध्य भएर काम गर्नुपरेको अध्यक्ष शाहीले बताए । ‘पालिकामा क्षमता कति छ भनेर कसैले मूल्याङ्कन गरेनन् । हामीले जसोतसो व्यवस्थापन गरेका थियौँ । भारतबाट आएका दाजुभाइहरु दुःखसुख गरेर १४ दिनसम्म बसिदिएको भए राम्रै हुन्थ्यो । कतिपय क्वारेन्टिनमा बस्नेहरुको शैली पनि अराजक देखियो । मैले सबै जनतालाई सम्झाउँदै गएँ, एक अर्कासँग दूरी कायम गर्नुपर्दछ, कहीँ कतै कसैसँग छुनु हुुँदैन रोगको संक्रमण बढ्छ भनेर भन्दै थिएँ, एक जना आउनुभयो र मलाई छोइदिनुभयो अनि भन्नुभयो, अब तपाईँलाई कोरोना सर्छ, मैले सारिदिएँ ।’
यतिसम्मको मानसिकताले संक्रमण झनै फैलिन सक्ने अध्यक्ष शाहीले गुनासो गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्याकरहरूले भेट्टाए टू फ्याक्टर अथेन्टिकेशन छल्ने तरिका
-
किसानको आयआर्जन बढाउन बगरखेती प्रवर्द्धन
-
झापा गोल्डकप : पहिलो सेमिफाइनलमा भद्रपुर ब्लेजर्स र बङ्गलादेशको काउर्न बाजारबिच प्रतिस्पर्धा
-
कर्णालीका स्वास्थ्य संस्थामा जनशक्तिको अभाव
-
श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान आग्रह
-
गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा