शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

लकडाउनको ७३ दिन पुग्यो, हुन थाल्यो उलङ्घन

बिहीबार, २२ जेठ २०७७, १२ : १४
बिहीबार, २२ जेठ २०७७

काठमाडौं । सरकारले जारी गरेको लकडाउको आज ७३ दिन पुगेको छ । 

कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेयता लकडाउन गर्दै आएको छ । लकडाउन जेठ ३१ गते सम्मका लागि लम्ब्याइएको छ ।

 लकडाउन लम्बिदै जाने तर संक्रमणको जोखिम कम नहुने देखिएपछि अहिले लकडाउनको उलङ्घन हुन थालेको छ । बिहीबार काठमाडौं उपत्यकाका मुख्य सडकहरुमा सवारी साधनको चाप बढेको छ । 

लामो समय लकडाउन हुँदा जनजीवन सँगसँगै आर्थिक जीवन समेत प्रभावित हुन थालेपछि मानिसहरु काममा निस्कन थालेका छन् । त्यसैले सडकमा सवारी साधनको चाप बढेको हो ।

 प्रहरीले सवारी साधनको जाँचलाई केही खुकुलो बनाएको देखिन्छ । अत्यावश्यक सेवा, ढुवानी सेवा, पासवाहक सवारी साधन बाहेक पनि सरकारी कर्मचारी, बैंकका तथा उद्योग प्रतिस्ठानका कर्मचारीलाई परिचय पत्र हेरी सवारी सञ्चालन गर्न दिइएको छ । कुनैपनि संस्थाको परिचयपत्र बिना सवारी चलाउनेलाई भने प्रहरीले नियन्त्रणमा लिइ कारबाही गरेको छ ।

उपत्यकाका भित्रि सडकहरुमा पनि मानिसहरुको आवागमन बाक्लो बनेको छ । सबै प्रकारका पसलहरु खुलेका छन् । मानिसहरु किनमेलका लागि निस्केको देखिन्छ । 

साना व्यवसायीहरुको संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघले आजै देखि पसलहरु खुला गरेका छन् । काठमाडौंको न्यूरोड, भोटेबहाल, भोटाहिटी लगायतका ठाउँका पसलहरु बिहान ८ बजेदेखि ११ बजे सम्म सञ्चालनमा आएका छन् । निजी क्षेत्र तथा विज्ञहरुले पनि लकडाउनको ढाँचा परिवर्तन गरी जनजीवनलाई सहज बनाउन सुझाव दिदै आएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप