मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

२ सैनिकसहित ५ जनाले जिते कोरोना

बिहीबार, २२ जेठ २०७७, १२ : ०८
बिहीबार, २२ जेठ २०७७

काठमाडौं । पर्साको नारायणी अस्पताल मातहतको कोरोना विशेष अस्थायी अस्पताल गण्डकमा उपचार ५ जनाले कोरोना जितेका छन् । 

कोरोना रिपोर्ट नेगेटिभ आएसँगै बिहीबार ५ जना डिस्चार्ज भएका छन् ।

 डिस्चार्ज हुनेमा बाराका २ जना र पर्साका ३ जना रहेका छन् । बाराको कलैयामा कार्यरत ३५ र ३६ वर्षीय २ सैनिक डिस्चार्ज भएका छन् । 

यस्तै पर्साको जिराभवानी गाउँपालिका वडा नम्बर ४ का २५ वर्षीय पुरूष, वीरगन्ज महानगरपालिका वडा नम्बर ५ का २५ वर्षीय पुरूष र  वडा नम्बर १६ का ७० वर्षीय पुरूष डिस्चार्ज भएको नारायणी अस्पतालका मेसु मदन उपाध्यायले बताए । 

हालसम्म पर्साको नारायणी अस्पतालबाट ७२ जना र नारायणी अस्पताल मातहतको कोरोना विशेष अस्थायी अस्पताल गण्डकबाट ३० जना कोरोना भाइरसलाई पराजित गरि घर फर्केका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप