सुदूरपश्चिममा थप आठ जना संक्रमित फेला, सक्रिय संक्रमितको संख्या ७२
कैलाली । सुदूरपश्चिम प्रदेशमा निको भई डिस्चार्ज भएका व्यक्तिबाहेक कोरोनाभाइरसबाट सक्रिय संक्रमितको संख्या ७२ पुगेको छ । बुधवार सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा गरिएको परिक्षणमा ८ जना कोभिड–१९ को संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या ७२ पुगेको हो ।
जिल्ला अस्पताल बैतडीमा उपचार गराइरहेका १ जना निको भइ डिस्चार्ज भएपछि निको हुनेको संख्या ७ जना पुगेको छ भने बाँकी ७२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
बुधवार गएिको परिक्षणमा धनगढी उप–महानगरपालिका ५१ वर्षका १ जना पुरुष, गौरीगंगा नगरपालिका बस्ने २० र २५ का २ जना पुरुष, डोटी जिल्ला पुर्वीचौकी गाउपालिका बस्ने वर्ष २२, २२, २५, २७ का ४ जना पुरुष र बर्ष ४५ का १ महिला गरी ८ जनामा संक्रमित पुष्टि भएको थियो ।
हालसम्म ६ हजार १८८ जनाको थ्रोट स्वाव नमुना जाच गर्दासम्म ७९ जनामा पोजेटिभ देखिएको थियो । ७ जना निको भइ घर गईसकेपछि बाँकी ७२ जना संक्रमित उपचाररत रहेको सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्कीले रातोपाटीलाई जनाकारी दिए ।
अझै संकलन गरिएको १०८६ जनाको थ्रोट स्वाबको नतिजा आउन बाँकी रहेको उनले बताए । कोभिड १९ को आशंकामा प्रदेशका विभिन्न अस्पतालको आइृसोलेसनमा रही ७६ जना उपचारमा छन् भने २४४ जना सामान्य उपचार पछि निको भइ घर गइसकेको उनले बताए ।
१९७ जनामा आरडिटी पोजिटिभ
प्रदेशमा आरडिटी विधिवाट गरिएको परिक्षण वाट १९७ जनामा आरडिटी पोजिटिभ देखिएको छ । २४ हजार ९४० जनाको आरडिटी परिक्षण गर्दा सम्म १९७ जनामा पोजिटिभ देखिएको हो ।
कार्कीले हालसम्म आरडिटी पोजिटिभ देखिएका १०२ जनाको पिसिआर विधिवाट परिक्षण गर्दा नेगेटिभ आईसकेको बताए ।
उनले पोजिटिभ देखिएका बाँकीको पिसिआर विधिवाट जाँच भइरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोदीका प्रिय व्यापारी अडानीमाथि अमेरिकाले कारबाहीको डण्डा चलाएपछि भारतीय अर्थव्यवस्थानै संकटमा
-
मधेसमा वडाध्यक्षका लागि घर-घर पुगेर भोट माग्दै विश्वप्रकाश
-
दक्षिणी लेबनान र बेरुतमा एकसाथ बमबारी, ५ चिकित्सक मारिए
-
भित्तामा टेपले टाँसेको एक कोसा केराको मूल्य ८४ करोड ५५ लाख रुपैयाँ
-
मेयर बालेन एमालेविरुद्ध परिचालित छन् भन्ने पुष्टि भयो : महासचिव पोखरेल
-
बालेन शाहले एमालेसँग १ लाख भिख मागे : महेश बस्नेत