इन्स्टाग्राममा कालो पोतेर मेस्सीले गरे अमेरिकामा भइरहेको आन्दोलनको समर्थन

बार्सिलोनाका कप्तान लियोनल मेस्सीले अमेरिकामा भइरहेको प्रदर्शनमा आफ्नो समर्थन जनाएका छन् । जर्ज फ्लोइड नामका अश्वेत व्यक्तिको हत्यापछि अमेरिकाभर प्रदर्शन जारी छ ।
प्रदर्शनकारीले रंगभेद र अश्वेतमाथिको दमन अन्त्य हुनुपर्ने माग गरेका छन् । फेसबुक, ट्वीटर, इन्स्टाग्रामलगायत सामाजिक सञ्जालबाट विश्वभर धेरैले यस आन्दोनलको समर्थन गरिरहेका छन् । यसै क्रममा मंगलबार रंगभेदविरुद्ध ह्यासट्याग ब्ल्याकआउटट्युज्डे अभियान चलाइएको थियो ।
यस अभियानमा ऐक्येबद्धता जनाउँदै मेस्सीले आफ्नो इन्स्टाग्राम एकाउन्टमा कालो पोतेका छन्, यस कालो तस्विरको क्याप्सनमा उनले ह्यासट्याग बिएलएम लेखेका छन् । जसको अर्थ – ब्लयाक लाईभ्स् म्याटर अर्थात् अश्वेतको जीवनको अर्थ छ भन्ने हो ।
मेस्सीमात्रै नभएर यस ब्ल्याकआउट अभियानमा धेरै फुटबलरले एक्येबद्धता जनाएका छन् । रियल म्याड्रिडका लुका मोडरिच, म्यानचेस्टर युनाइटेडका स्टार मार्कस् रासफोर्ड, पाउल पोग्बा, बार्सिलोनाका फ्याङकी डि जोङ र अन्य धेरै फुटबलरले सामाजिक सञ्जालमार्फत यस अभियानमा समर्थन जनाएका छन् ।
प्रहरी दमनबाट मिन्नेसोटास्थित मिन्नियापोलिसका ४६ वर्षीय निहत्था अफ्रिकी अमेरिकी जर्ज फ्लोइड गत साता मारिएका थिए । खुला सडकमा उनको घाँटीमा एक प्रहरी अधिकारीले घुँडाले थिचेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि यस घटनाको चौतफी विरोध भयो । भिडियोमा यी अश्वेतले ‘आई कान्ट ब्रेथ’ अर्थात् मलाई सास फेर्न गाह्रो भयो भनेको सुनिन्छ । घटना संलग्न प्रहरी अधिकारीलाई बर्खास्त गरेर हत्याको मुद्दा चलाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको आर्थिक वृद्धि ४.४ प्रतिशत हुने एडीबीको प्रक्षेपण
-
आन्दोलनरत शिक्षकहरूको मागप्रति नेपाल बुद्धिजीवी सङ्गठनको ऐक्यबद्धता
-
संखुवासभामा शैक्षिकसत्र सुरु नहुँदै पाठ्यपुस्तक पुग्यो
-
नेपालले अफगानिस्तानलाई दियो १९२ रनको लक्ष्य
-
चैत १५ को घटनापछि एकीकृत समाजवादीले संशोधन गर्यो आन्दोलनको कार्यतालिका (पत्रसहित)
-
ट्रम्पको घोषणापछि धमाधम घट्न थाल्यो भारतीय फर्मा कम्पनीहरूको सेयर मूल्य