शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रौतहटमा २० किलो गाँजासहित ४ जना पक्राउ

बिहीबार, २२ जेठ २०७७, ११ : ०४
बिहीबार, २२ जेठ २०७७

रौतहट – रौतहट प्रहरीले लागूऔषध गाँजासहित ४ जना तस्करलाई पक्राउ गरेको छ । 

ईलाका प्रहरी कार्यालय देवाही गोनाहिको गस्तीटोलीले २ वटा मोटरसाइकल २० किलो लागूऔषध गाँजासहित ४ जना तस्करलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा हेटौंडा उपमहानगर पालिका १२ पदमपोखरिका १८ वर्षीय शागर लामा, वर्ष १८ का अंकित लामा, २८ को विशाल लामा र वडा ११ का निरज लामा रहेको प्रहरी निरीक्षक मेदनी साहले बताएका छन् । 

आज बिहान ३  बजे मौलापुर चोकबाट जयनगर चोक तर्फ जाँदै गरेको बा ६४ प ९३०७ र ना ४५प ६३९४ नम्बरको मोटरसाइकलमा चेकजाँच गर्दा दुबैबाट झोलामा लुकाएको अवस्थामा प्रतिझोला १० किलोको दरले २० किलो गाँजा बरामद भएको प्रहरी निरीक्षक साहले जानकारी दिए । 

बरामद गाँजा मोटरसाइकल र चारैजना तस्करलाई आवश्यक कारबाहीको लागि ईलाका प्रहरी कार्यालय गरुडा पठाएको ईलाका प्रहरी कार्यालय देवाही गोनाहिले जनाएको छ । 

ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ज्ञानकुमार महतोले गांजा सहित पक्राउ चारैजना माथी लागूऔषध ओसारपसार सम्बन्धि मुद्दा दर्ता भइ थप प्रक्रिया अगाडि बढाइएको जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप