इतिहासमा आज – अधिराजकुमार ज्ञानेन्द्र बने नेपालका नयाँ राजा
आज ४ जुन अर्थात् जेठ २२ । १९ जेठ २०५८ को दरबार हत्याकाण्डपछि उपचार गराइरहेका युवराज दीपेन्द्रलाई राजा घोषणा गरिएको थियो । तर, आजैका दिन दीपेन्द्रलाई मृत घोषणा गरियो । त्यसपछि अधिकारकुमार ज्ञानेन्द्र नेपालको नयाँ राजा बने ।
२०५९ साल जेठमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा प्रतिनिधिसभा भंग गरेका राजा ज्ञानेन्द्रले सोही वर्ष असोज १९ मा देउवालाई नै बर्खास्त गरेर नयाँ प्रधानमन्त्रीका लागि दर्खास्त आव्हान गरे । त्यसपछि उनले लोकेन्द्र बहादुर चन्द, सूर्यबहादुर थापा र अन्तत फेरि शेरबहादुर देउवालाई नै प्रधानमन्त्री नियुक्त गरे । यस अवधिमा अधिकांश राजनीतिक दल राजा ज्ञानेन्द्रको विरोधमा सडकमा संघर्षरत थिए ।
२०६१ साल माघ १९ गते राजा ज्ञानेन्द्रले फेरि देउवालाई बर्खास्त गरेर सक्रिय शासन सुरु गरे । राजाको यस कदम असंवैधानिक रहेको भन्दै देशका प्रमुख सात राजनीतिक दल सडकमा एक ठाउँ उभिए । यसपछि विद्रोही माओवादीसँग उनीहरुको सहकार्य भयो ।
२०६२–६३ को १९ दिने जनआन्दोलनपछि बाध्य भएर राजा ज्ञानेन्द्रले सात राजनीतिक दलको मागअनुसार प्रतिनिधिसभा पुनस्र्थापना गरे । यही प्रतिनिधिसभाले राजाका अधिकार कटौती ग¥यो । स्वर्गीय गिरिजाप्रसाद कोइरालाले अन्तरिम सरकारको नेतृत्व गरे । विद्रोही माओवादी समेतलाई शान्ति प्रक्रियामार्फत संसदीय राजनीतिमा ल्याइयो ।
२०६३ साल माघ १ गते अन्तरिम संविधान लागु भएपछि संवैधानिक रुपमै राजा भूमिकाविहीन बने । २०६४ सालको अन्त्यमा संविधानसभाको निर्वाचन भयो । निर्वाचनपछि माओवादी देशको ठूलो पार्टी बन्यो र २०६५ साल जेठ १५ गते संविधानसभाको पहिलो बैठकले विधिवत् रुपमा गणतन्त्र घोषणा ग¥यो । राजा ज्ञानेन्द्रले आम नागरिकझैं साधारण जीवन बिताउने घोषणासहित नारायणहिटी दरबार छाडे ।
अन्य घटनाक्रम
– सन् १९८९ मा आजैका दिन चीनको राजधानी बेइजिङमा चिनियाँ सेनाले शान्तिपूर्वक प्रदर्शन गरिरहेका निशस्त्र नागरिकमाथि बन्दूक र ट्यांकबाट हमला गरेको थियो । यसलाई ‘तियानमेन स्क्वायर नरसंहार’ का रुपमा चिनिन्छ ।
– युगोस्लाभियाको पूवर्ण गणतन्त्र मोन्टेनेग्रोद्वाारा स्वतन्त्रताको घोषणा ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तर कोरियाद्वारा परमाणु हमलाको प्रत्याक्रमण अभ्यास
-
कतारका राजाको नेपाल भ्रमण : कहाँ–कहाँ हुन्छ सडक अवरुद्ध ?
-
‘पढेलेखेकाहरूले देश बिगारे’ भन्ने भाष्य निर्माण भएकोले पढ्ने संस्कृतिको विकास हुन सकेन : सीके राउत
-
सूर्यज्योतिले मनायो आफ्नो १६ औँ वार्षिकोत्सव
-
नेपालले विश्व व्यापारमा अपेक्षित लाभ लिन सकेन : मन्त्री भण्डारी
-
चेम्बर सल्लाहकार परिषद्को अध्यक्षमा राजेशकाजी श्रेष्ठ चयन