शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अनलाइन कक्षामा समावेश हुन नपाउँदा छात्राद्वारा आत्महत्या

बिहीबार, २२ जेठ २०७७, ०९ : ५३
बिहीबार, २२ जेठ २०७७

कोभिड–१९ संकटका कारण नेपाललगायत भारतका विद्यालय तथा शैक्षिक संस्थामा अनलाइन कक्षा सुरु भएको छ ।

यस्तै अनलाइन कक्षामा समावेश हुन नपाएका कारण भारतको केरलमा १४ वर्षकी एक छात्राले कथित रुपमा आत्महत्या गरेकी छिन् ।

 आत्महत्या गर्ने छात्रा केरलको गभरमेन्ट हायर सेकेन्डरी स्कूलकी छात्रा थिन् । दलित कोलोनीको आफ्नो घरभन्दा २ सय मिटर पर छात्राले कथित रुपमा आफूमाथि आगो लगाइन् ।

स्कूका एक शिक्षक श्रीकान्त पेरुमपेराविलले बीबीसी हिन्दीसँग भने, ‘उनी ८ कक्षाकी निकै मिहिनेती छात्रा थिइन् । उनलाई ९ कक्षामा प्रोमोट गरिएको थियो । हामीले छात्रा र उनका आमा–बुवालाई अनलाइन क्लासको ट्रायल ७ दिनसम्म चल्ने बताएका थियौं । यसैबीच यस्तो दुर्घटना भयो ।’

छात्राका पिताले अन्य भारतीय मिडियासँगको कुराकानीमा आफू दैनिक ज्यालादारी मजदुर भएकोले लकडाउनका कारण आफ्नो टिभी सेट बनाउन नसकेको बताएका छन् ।

यतिमात्रै होइन, यो परिवारका कोही पनि सदस्यसँग स्मार्टफोन छैन तसर्थ अनलाइन कक्षाका लागि समस्या थियो । केरलमा अनलाइन कक्षा सरकारद्वारा सञ्चालित एजुकेशन च्यानल विक्टर्स च्यानलमा हेर्न सकिन्छ ।

छात्राका पिताले स्थानीय मिडियासँग भने, ‘अनलाइन कक्षामा सरिक हुन नपाउँदा उनी अत्यधिक चिन्तित थिइन् । मैले उनलाई शिक्षकले केही न केही विकल्प त निकाल्छन् भनेर सम्झाएको थिएँ ।’

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप