क्वारेन्टिनमा स्वास्थ्यकर्मी कुटिएपछि रौतहटको राजपुरमा स्वास्थ्य सेवा ठप्प

रौतहटको राजपुर नगरपालिकाका स्वास्थकर्मीहरु सबै सेवा ठप्प गरी आन्दोलनमा उत्रिएका छन् । स्वास्थकमर्मीमाथि हातपात गर्ने दोषीलाई कारवाही र शान्ति सुरक्षाको माग गर्दै बिहीबार बिहानदेखि स्वास्थकर्मी आन्दोलनमा उत्रेका हुन् ।
नगरक्षेत्र अन्तरगतको सबै क्वारेन्टिन, आइसोलेसन र स्वास्थ उपचौकी तथा प्राथमिक स्वास्थ केन्द्रको समेत सेवा बन्द भएको नगर स्वास्थ संयोजक रवीन्द्रकुमार झाले जानकारी दिएका छन् । आज बिहान १० बजे कार्यालय समयमा नगरपालिकामा सबैजना स्वास्थकर्मी जमाहुने र एउटा ठोस निर्णय गर्ने संयोजक झाले जानकारी दिएका छन् ।
आजै नगरक्षेत्रका स्वास्थकर्मीले संयुक्तरूपमा सिडियो वाशुदेव घिमिरेलाई ज्ञापनपत्र बुझाउने योजना रहेको संयोजक रवीन्द्र झाले बताएका छन् ।
क्वारेन्टिइनमा बस्नेहरूको पीसीआर रिपोर्ट निगेटिभ आएपछि उनीहरुलाई घर पठाउनु अघि आरडिटी चेक गर्दा बुधबार रिपोर्ट पोजिटिभ आएपछि आक्रोशित समुहले स्वास्थकर्मी उपर आक्रमण गरेका थिए ।
क्वारेन्टिनमा बस्नेहरूको आक्रमणबाट नगर स्वास्थ सह–संयोजक रामनरेस साहसहित दुईजना स्वास्थकर्मीको टाउको फुटेको छ । समूहले स्वास्थकर्मीका तीनवटा मोटरसाइकलमा समेत क्षति पु¥याएका छन् ।
घटनालगत्तै नगरक्षेत्र अन्तरगत क्वारेन्टिन लगायत सबै स्वास्थ सेवा बन्द भएको छ । राजपुर नगरक्षेत्रमा रहेको क्वारेन्टाइनमा हाल दुई हजार सातसय ११ जना रहेका छन् । त्यसैगरी जिल्लामै सबभन्दा बढी राजपुर नगरपालिकामा ८३ जना कोरोनाभाइरसको संक्रमित रहेका छन् । संक्रमित मध्ये केहीको गौर र अधिकांंशको प्राथमिक स्वास्थ केन्द्र राजपुर र बैरिया मदर्सामा निर्माण भएको आइसोलेसनमा राखेर उपचार भैइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्तादेखि गभर्नरमा गुणाकरलाई रोक्ने प्रयाससम्म
-
नेपाली समाज भारतको नवौँ राष्ट्रिय सम्मेलन सम्पन्न
-
बसाइँ सरेको १८ वर्षपछि वेदबहादुर पुन: आफ्नै गाउँ फर्किए
-
बालुवाटारमा प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्ता
-
अभिनेत्री नीति शाहले गरिन् कानूनी विवाह
-
के आधारमा लिङ्देन उपसमितिले दियो पोखरा एयरपोर्टमा भ्रष्टाचार भएको प्रतिवेदन ?