बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

क्वारेन्टिनमा स्वास्थ्यकर्मी कुटिएपछि रौतहटको राजपुरमा स्वास्थ्य सेवा ठप्प

बिहीबार, २२ जेठ २०७७, ०९ : ०७
बिहीबार, २२ जेठ २०७७

रौतहटको राजपुर नगरपालिकाका स्वास्थकर्मीहरु सबै सेवा ठप्प गरी आन्दोलनमा उत्रिएका छन् । स्वास्थकमर्मीमाथि हातपात गर्ने दोषीलाई कारवाही र शान्ति सुरक्षाको माग गर्दै बिहीबार बिहानदेखि स्वास्थकर्मी आन्दोलनमा उत्रेका हुन् ।

नगरक्षेत्र अन्तरगतको सबै क्वारेन्टिन, आइसोलेसन र  स्वास्थ उपचौकी तथा प्राथमिक स्वास्थ केन्द्रको समेत सेवा बन्द भएको नगर स्वास्थ संयोजक रवीन्द्रकुमार झाले जानकारी दिएका छन् । आज बिहान १० बजे कार्यालय समयमा नगरपालिकामा सबैजना स्वास्थकर्मी जमाहुने र एउटा ठोस निर्णय गर्ने संयोजक झाले जानकारी दिएका छन्  ।

आजै नगरक्षेत्रका स्वास्थकर्मीले संयुक्तरूपमा सिडियो वाशुदेव घिमिरेलाई ज्ञापनपत्र बुझाउने योजना रहेको संयोजक रवीन्द्र झाले बताएका छन् ।

क्वारेन्टिइनमा बस्नेहरूको पीसीआर रिपोर्ट निगेटिभ आएपछि उनीहरुलाई घर पठाउनु अघि आरडिटी चेक गर्दा बुधबार रिपोर्ट पोजिटिभ आएपछि आक्रोशित समुहले स्वास्थकर्मी उपर आक्रमण गरेका थिए  ।

क्वारेन्टिनमा बस्नेहरूको आक्रमणबाट नगर स्वास्थ सह–संयोजक रामनरेस साहसहित दुईजना स्वास्थकर्मीको टाउको फुटेको छ । समूहले स्वास्थकर्मीका तीनवटा मोटरसाइकलमा समेत क्षति पु¥याएका छन् ।

घटनालगत्तै नगरक्षेत्र अन्तरगत क्वारेन्टिन लगायत सबै स्वास्थ सेवा बन्द भएको छ । राजपुर नगरक्षेत्रमा रहेको क्वारेन्टाइनमा हाल दुई हजार सातसय ११ जना रहेका छन् । त्यसैगरी जिल्लामै सबभन्दा बढी राजपुर नगरपालिकामा ८३ जना कोरोनाभाइरसको संक्रमित रहेका छन् । संक्रमित मध्ये केहीको गौर र अधिकांंशको प्राथमिक स्वास्थ केन्द्र राजपुर र बैरिया मदर्सामा निर्माण भएको आइसोलेसनमा राखेर उपचार भैइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय मिश्रा
सञ्जय मिश्रा

सञ्जय मिश्रा रातोपाटीका लागि रौतहट जिल्लाका संवाददाता हुन् ।

लेखकबाट थप