शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सीमा विवादमा अमेरिकाको मध्यस्तता अस्वीकार, चीन र भारतबीच शनिबार वार्ता

बिहीबार, २२ जेठ २०७७, ०७ : ४०
बिहीबार, २२ जेठ २०७७

हप्तौँ लामो सीमाबारे तनावपछि चीन र भारतका शीर्ष सैन्य अधिकारीहरु शनिबार विवाद समाधानका लागि वार्ताको टेबुलमा बस्ने भएका छन् । परिवेक्षकहरुले यो वार्ता सकारात्मक दिशामा अघि बढ्ने आशा गरेका छन् ।

भारतीय रक्षामन्त्री राजनाथ सिंहले दुई देशका शीर्ष सैन्य अधिकारीहरुबीच छलफल हुने पुष्टि गरे । यद्यपि, दुवै देशले विवादीत क्षेत्रको फ्रन्ट लाइनमा सैन्य उपस्थिति भने बाक्लो बनाएका छन् ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले बुधबार सीमा विवादमा चीनले मात्र आफ्नो राष्ट्रिय सार्वभौमिकता र सुरक्षाको रक्षा गर्दै शान्ति र स्थायित्व स्थापना गरिरहेको जिकिर गरेका थिए । ‘अहिले चीन र भारत बीच विभिन्न च्यानल मार्फत छलफल भइरहेको छ,’ उनले बेइजिङमा भनेका थिए ।

उनले विवादमा अमेरिकाको मध्यस्तता गर्ने प्रस्तावलाई पनि अस्वीकार गरे । उनले स्थिति ‘स्थिर र नियन्त्रण गर्न सकिने अवस्था’ मा रहेकोमा जोड दिँदै तेस्रो पक्षको आवश्यकता नभएको जिकिर गरे ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत हप्ता ट्वीट गर्दै सीमा विवादमा चीन र भारतबीच मध्यस्तता गर्न अमेरिका तयार रहेको बताएका थिए । उनको प्रस्तावलाई दुवै देशले अस्वीकार गरेका छन् ।

पछिल्लो महिना चीन र भारतको सीमा क्षेत्रमा दुई देशका सेनाबीच विभिन्न स्थानमा झडप भएको थियो । जसमा सेनाहरुबीच मुक्का हानाहानदेखि ढुंगा फालाफालसम्म भएको थियो ।

गत मे महिनाको शुरुवातमा भारतको लद्दाख र चीनको अस्काइ चीनमा रहेको लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी) मा दुई देशका सेना बीच झडप भएको थियो । उक्त क्षेत्रमा भारतले भर्खरै सडक निर्माण गरेको थियो ।

चीनले उक्त क्षेत्रमा भारतले एलएसी पार गरेको आरोप लगाएको छ भने सो क्षेत्र आफ्नै भूभागमा पर्ने चीनको दाबी छ ।

भारत र चीनबीच ३४ सय ४० किलोमिटर लामो सीमा रहेको छ । भारतले चीनको संवेदनशील तिब्बत र सिनजियाङ क्षेत्र वरपर सडक लगायत भौतिक निर्माण शुरु गरेपछि दुई देशबीच सीमामा तनाव सुरु भएको हो ।

स्रोत : साउथ चाइना मोर्निङ पोष्ट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप