शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पुनः सुरु हुनेछ हाइड्रोक्सिक्लोरोक्विनको ट्रायल

बिहीबार, २२ जेठ २०७७, ०७ : २८
बिहीबार, २२ जेठ २०७७

विश्व स्वास्थ्य संगठनले हाइड्रोक्सिक्लोरोक्विनको क्लिनिकल ट्रायललाई एक हप्तापछिको अन्तरालपछि पुनः अनुमति दिएको छ ।

कोरोना भाइरस बिरामीको उपचारमा मलेरियाको यो औषधीको प्रयोग गरिँदै छ ।

एक अनुसन्धान रिपोर्टमा हाइड्रोक्सिक्लोरोक्विनमा प्रश्न उठाइएको थियो, त्यसपछि डब्ल्यूएचओले यसको क्लिनिकल ट्रायल रोकेको थियो ।

समीक्षापछि पुनः क्लिनिकल ट्रायल सुरु गरिँदै छ । यो ट्रायल ३५ देशका कोरोना बिरामीमाथि भइरहेको थियो ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरसको उपचारमा यो औषधी प्रयोग गर्न सकिन्छ भनेका थिए ।

यस्तै टर्कीले पनि आफ्नो बिरामीहरुको उपचारमा यो औषधीको प्रयोग गरेको  र नतिजा उत्साहजनक रहेको बताएको छ ।

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप