बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

उत्तर कोरियामा खुले प्राथमिक विद्यालय

बिहीबार, २२ जेठ २०७७, ०६ : ५४
बिहीबार, २२ जेठ २०७७

उत्तर कोरियाको प्राथमिक विद्यालयमा पठनपाठन सुरु भएको छ । उत्तर कोरियामा शैक्षिक सत्र अप्रिलमा सुरु हुन्छ । तर कोरोनाका कारण यो रोकिएको थियो ।

छिमेकी मुलुक चीनमा कोरोना संक्रमण देखिएपछि उत्तर कोरियाले आफ्नो सीमा सील गरिदिएको थियो र बाहिरबाट आउनेहरुलाई रोक लगाइएको थियो । उत्तर कोरियाले संसारमा पहिलो लकडाउन लागू गरेको थियो ।

उत्तर कोरियामा कोही पनि संक्रमित पुष्टि भएको छैन । यद्यपि, विशेषज्ञले उत्तर कोरियाको यो दाबीमाथि विभिन्न प्रश्न उठाउने गर्छन् ।

विशेषज्ञले यदि उत्तर कोरियामा भाइरस फैलिए देशको कमजोर स्वास्थ्य सेवाले यसलाई सम्हाल्न नसक्ने बताउँदै आएका छन् ।

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप