शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चितवन राष्ट्रिय निकुञ्जमा रुखले किचेर गैँडा मर्‍यो

बुधबार, २१ जेठ २०७७, २२ : १४
बुधबार, २१ जेठ २०७७

चितवन , चितवन राष्ट्रिय निकुञ्जमा हावाहुरीले रुख ढल्दा त्यसले लागेर राष्ट्रपति ताल क्षेत्रमा गैँडा मरेको छ । सो क्षेत्र कसरबाट दक्षिण पूर्वमा पर्दछ । निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीकाअनुसार गएको सोमबार आएको हावाहुरीपछि ढलेको रुखले गैँडा मरेको अनुमान गरिएको छ । गैँडा रुखले थिचेको अवस्थामा आज भेटिएको हो ।

उनका अनुसार वयस्क पोथी गैँडा मरेको हो । योसँगै चितवन राष्ट्रिय निकुञ्ज र यहाँका वन क्षेत्रमा कालगती र दुर्घटनाबाट मर्ने गैँडाको सङ्ख्या २६ पुगेको छ । गत वर्ष निकुञ्ज र वन क्षेत्रमा कालगतीबाट ४३ गैँडा मरेका थिए । सो घट्नापछि बिहीबारबाट निकुञ्जमा ‘स्पि अप्रेसन’ गरिँदै छ । ठूलो हावाहुरी आएकाले निकुञ्ज क्षेत्रमा क्षति भएको हुनसक्ने भन्दै अप्रेसन गर्न लागिएको उनले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप