शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विराटनगरमा अतिआवश्यक पसल मध्याह्न १२ बजेसम्म सञ्चालन हुने

बुधबार, २१ जेठ २०७७, २२ : ०८
बुधबार, २१ जेठ २०७७

मोरङ । विराटनगर महानगरपालिकामा रहेका होटल, रेष्टुुराँ तथा सैलुनबाहेक अतिआवश्यक पसल तथा  व्यवसाय बिहीबारदेखि सञ्चालनमा आउने भएको छ ।  महानगरपालिका अन्र्तगत कोभिड क्राइसीस म्यानेजमेन्ट कमिटीको आज बसेको बैठकले भोलि बिहानदेखि मध्याह्न १२ बजेसम्म पसल सञ्चालन गर्न दिने निर्णय भएको महानगरपालिकाका प्रमुख भीम पराजुलीले जानकारी दिए । महानगरपालिकाले सामाजिक दूरी कायम गरी सुरक्षितरुपमा व्यवसाय सञ्चालन गर्ने व्यवस्था मिलाइएको उनले बताए ।
     
व्यवसाय सञ्चालन गर्दा जिल्ला प्रशासन कार्यालय र महानगरपालिकाले संयुुक्तरुपमा अनुगमन गर्ने व्यवस्था मिलाइएको छ । मापदण्ड विपरीत  सामाजिक दूरी कायम नगर्ने र तोकिएको समयबाहेक अन्य समयमा व्यवसाय सञ्चालन गरेको पाइएमा कारवाही हुने महानगरपालिका प्रमुख पराजुुलीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप