कोरोना परीक्षण निजी अस्पताललाई दिन प्रधानमन्त्री सकारात्मक
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली कोरोना परीक्षणको जिम्मा निजी अस्पताललाई पनि दिन सकारात्मक भएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा झण्डै ५ घण्टा भएको छलफलमा विज्ञहरुले लकडाउन खुकुलो पार्न र कोरोना परीक्षणको दायरा बढाउन ओलीलाई सुझाव दिएका छन् ।
प्रधानमन्त्रीसँगको छलफलमा सहभागी जनस्वास्थ्यविद् डा. समीरमणि दीक्षितले कोरोना परीक्षण सरकारी अस्पतालमा मात्रै भरर पर्दा धेरै समय लाग्ने भएकाले निजी क्षेत्रका अस्ताललाई पनि सहभागी गराउन सुझाव दिएको बताए ।
त्यस्तै उनले क्वारेन्टाइनमा धेरै मानिसहरु रहेकाले पनि निजी अस्पतालहरुमार्फत परीक्षण दायरा बढाउन जरुरी रहेको आफ्नोे सुझावमा प्रधानमन्त्री सकारात्मक देखिएको बताए ।
जवाफमा प्रधानमन्त्रीले पुनः अर्को छलफल गरेर त्यसबारे धारणा बनाउन सकिने भन्दै यस्तो छलफल पहिल्यै गर्नुपर्ने महसुश भएको धारणा राखेका थिए ।
त्यस्तै चिकित्सक संघका महासचिव डा. लोचन कार्कीले लकडाउनका विषयमा डव्लुएचओका गाइडलाइनअनुसार जानुपर्ने सुझाव दिएको बताए । त्यस्तै चिकित्सकहरुको मनोवल बढाउन राज्यले पहल चाल्न सुझाव दिएको बताए ।
त्यसमा प्रधानमन्त्रीले विज्ञहरुको टोली बनाएर उक्त टोलीको सुझावका आधारमा कोरोना परीक्षणका लागि निजी क्षेत्रलाई सहभागी गराउने नगराउने भन्ने निर्णय हुने बताएको डा. कार्कीले जानकारी दिए ।
गत चैत ११ गतेदेखि जारी लकडाउन लम्बिदै जेठ ३२ सम्मलाई तोकिएको छ । तर पछिल्लो समय लकडाउनको विकल्प खोज्न सरकारमाथि दवाव बढ्दै आएको छ । दवाव बढ्दै गएपछि प्रधानमन्त्रीले सरोकारवाला र विज्ञहरुसँग छलफल गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा कर्णाली प्रदेशको अधिवेशन सुरु हुँदै, सभापतिको आकाङ्क्षी चार जना
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
-
सुकुमबासी बस्ती हटाएपछि बन्दैछ खुला पार्क र कोरिडोर, ३ अर्ब बजेट प्रस्ताव
-
कतै वर्षा त कतै चर्को घाम : भैरहवा र जनकपुरमा अधिकतम तापक्रम ३८ डिग्री पुग्ने
-
अवैध रूपमा नेपाल छिर्दै गरेका एक बङ्गलादेशी नागरिक पक्राउ
-
स्वयम्भू महाचैत्यको गुम्बजबाट वर्षौँदेखि जमेको चुना हटाइँदै (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण