शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

क्वारेन्टिनमा मृत्यु भएकी बैतडीकी महिलामा कोरोना संक्रमण देखिएन

बुधबार, २१ जेठ २०७७, १८ : ५८
बुधबार, २१ जेठ २०७७

बैतडी । क्वारेन्टिनमा मृत्यु भएकी बैतडीकी एक महिलाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । 

जिल्ला पुर्चौडी नगरपालिका४ स्थित मालिका मावि भटनाको क्वारेन्टिनमा मृत्यु भएकी भटनाकै २२ बर्षीय महिलाको कोरोना रिपोट नेगेटिभ आएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश प्रशाद भट्टले जानकारी दिए । 
मृतक महिलासँगै क्वारेन्टिनमा रहेका थप चार जनाको पनि कोरोना रिपोर्ट नेगेटिभ आएको उनको भनाइ छ । 

उनका अनुसार मृतक महिला, मृतक महिलाका श्रीमान, १८ महिने छोरा, एक जना आफन्त  सहित चारजानको जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको हो । कोरोना आशंकामा उनीहरुको स्वाब संकलन गरेर परीक्षणका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल पठाइएको थियो । 
 
मृतक महिलाको कोरोना रिपोर्ट नेगेटिभ आएपछि दाहसंस्कारका लागि शव आफन्तको जिम्मा लगाइएको नगरपालिकाका स्वास्थ्य संयोजक विनोद कुँवरले जानकारी दिए । 

मृतक यही जेठ १६ भारतको पञ्जाबबाट मुटुरोगको उपचार गराएर फर्किएकी थिइन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप