कंगोमा इबोला प्रकोप भेटिएपछि उच्च सतर्कता
एजेन्सी । अफ्रिकी मुलुक कंगोमा इबोला भाइरसको नयाँ संक्रमण देखिएपछि त्यहाँ उच्च सतर्कता अपनाइएको बताइएको छ । कंगोको सरकारले यहाँ इबोलाको संक्रमण भेटिएको जनाएपछि यहाँका नागरिकलाई खानपिनमा ध्यान दिन तथा यसको संक्रमणको संका लागेमा तुरुन्त अस्पताल जान सरकारले सूचना जारी गरेको हो ।
कंगोको इक्वाटर प्रान्तको वांगातामा यो प्रकोप देखिएको कंगोको सरकारले मंगलबार जानकारी दिएको समाचारमा जनाइएको थियो । वंगातामा मंगलबारसम्म यो इबोलाका कम्तीमा छ जनामा संक्रमण भेटिएको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
ती छजना मध्ये चार जनाको निधन नै भएको र अरु दुई जना उपचाररत रहेको पनि सो मन्त्रालयले जनाएको छ । यो भाइरसको प्रकोप पुनः देखिएको कुरा विश्व स्वास्थ्य संगठनले पनि पुष्टि गरेको छ । विश्व स्वास्थ्य संगठनले ती संक्रमितहरुको भाइरसबारे ल्याबमा परीक्षण गरिएको र उनीहरुमा उही पुरानै इबोला भेटिएको पाइएको बताएको छ ।
इबोला पनि सरुवा र प्राणघातक रोग भएकोले अस्पताल र स्वास्थ्यकर्मीहरुले पनि सतर्कता अपनाएर उपचार गर्न विश्व स्वास्थ्य संगठनले सुझाएको छ । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहारमा जेडीयू नेताको गोली हानी हत्या, के भन्छ प्रहरी ?
-
मिटरमा चल्नै मान्दैनन् पोखराका ट्याक्सी
-
महाधिवेशनको एजेन्डा तय गर्न जसपाको बैठक बस्दै
-
शिल्पी थिएटरमा आजबाट नाटक ‘ए आई’
-
कहिलेदेखि पाइन्छ धरहरा चढ्न ? थपिँदै विवादमाथि विवाद
-
कोरला नाकामा नेपाल र चीनका प्रहरीले गरे पैदल गस्ती (तस्बिरमा हेर्नुहोस्)