तालिबानको अल कायदासँग सम्बन्ध छ– संयुक्त राष्ट्रसंघ
एजेन्सी । अफगानिस्तानमा हिंसा मच्चाइरहेका तालिबान विद्रोहीको अहिले पनि अल कायदा नामक संस्थासँग सम्बन्ध रहेको पाइएको छ । सो जानकारी संयुक्त राष्ट्रसंघले हालै सार्वजनिक गरेको प्रतिवेदनमा दिएको छ । मंगलबार जारी गरेको एक प्रतिवेदनमा सो जानकारी दिइएको हो । तर यो रिपोर्टलाई तालिबानहरुले भने आधारहिन भनेका छन् । तालिबानहरुले अहिले पनि अलकायदा नामक अर्को आतंककारी समूहसँग राम्रो सम्बन्ध जारी राखेको हालै संयुक्त राष्ट्रसंघले सुरक्षा परिषदलाई बुझाएको प्रतिवेदनमा उल्लेख गरेको छ ।
तालिबानहरुले अहिले पनि भित्री रुपमा अल कायदासँग सम्बन्ध राखेको र सोही कारणले अमेरिकासँग भएको सहमति बमोजिम शान्ति वार्ताका लागि सम्झौता गर्न नमानेको सो रिपोर्टमा जनाइएको छ ।
यसअघि करिब तीन महिनाअघि तालिबान र अमेरिकाबीच अफगानिस्तानको सरकारसँग वार्ता गरी अफगानिस्तानमा शान्तिवार्ता गरिने विषयमा कतारको दोहामा एक सम्झौता भएको थियो । तर त्यस बमोजिम वार्ताको प्रक्रिया भने अहिलेसम्म पनि सुरु हुन सकिरहेको छैन । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१७औँ आईपीएलको ४०औँ खेल आज : लगातार दोस्रो पटक गुजरातलाई हराउने योजना बुन्दै दिल्ली
-
नेपाल र कतारबिच दुईपक्षीय वार्ता
-
सुनको मूल्य तोलामा ५ सय रुपैयाँ बढ्यो, कतिमा हुँदैछ कारोबार ?
-
अनमोलको ‘फर्की फर्की’को धमाधम विदेश राइट बिक्री
-
स्टोइनिसले बनाए नयाँ कीर्तिमान
-
प्रधानमन्त्री प्रचण्ड र कतारका अमिर थानीबिच ‘वान टु वान’ वार्ता