सञ्चारकर्मीसहित १५० को रिपोर्ट नेगेटिभ
कपिलवस्तु । कपिलवस्तुको वाणगङ्गा नगरपालिकामा स्वाब सङ्कलन गरिएका १५० जनाको रिपोर्ट नेगेटिभ आएको छ । दुई जनाको भने रिपोर्ट पोजेटिभ आएको छ । यही जेठ १४ गते स्वाब सङ्कलन गरिएकाहरुको रिपोर्ट झण्डै एक सातापछि आज सार्वजनिक गरिएको हो ।
दुई दिनअघि वडा नं ११ का दुईमा सङ्क्रमण पुष्टि भएको थियो । उहाँहरुको अहिले भैरहवामा उपचार भइरहेको छ । वाणगङ्गाका एक जनप्रतिनिधि र दुई पत्रकार सङ्क्रमित भएपछि कन्ट्याक ट्रेसिङका आधारमा सिद्धार्थ क्याम्पसमा स्वाब सङ्कलन गरिएको मध्ये दुईबाहेक सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य शाखा प्रमुख ठगप्रसाद पौडेलले बताए ।
स्वाब सङ्कलन गरिएकामध्ये सञ्चारकर्मी १७, जनप्रतिनिधि १३, नगरका कर्मचारी २८, सुरक्षाकर्मी दुई, क्वारेन्टिनमा रहेका १५ र समुदायका ७५ गरी १५२ को स्वाब सङ्कलन भएको थियो । कपिलवस्तुको सञ्चार सहकारीद्वारा सञ्चालित सामुदायिक रेडियो ÷टेलिभिजनका दुई सञ्चारकर्मीमा कोरोना पोजेटिभ देखिएपछि स्टेशन भवनलाई क्वारेन्टिन बनाएर आठ सञ्चारकर्मी बसेका थिए । त्यहाँ कार्यरत नौ कर्मचारी होम क्वारेन्टिनमा बसेका थिए । सबैको रिपोर्ट नेगेटिभ आएपछि १२ दिनदेखि क्वारेन्टिनमा बसेका सञ्चारकर्मीलाई आज क्वारेण्टाइनबाट बिदा गरिएको छ ।
बाह्र दिनसम्म सञ्चारगृहको क्वारेन्टिनमा बसेर जनतालाई सूसूचित गर्ने काममा खटिएका समाचार शाखा र प्राविधिक शाखाका सञ्चारकर्मीलाई व्यवस्थापक भेषराज पाण्डेले धन्यवाद ज्ञापन गर्दै सबैको नेगेटिभ नतिजा आएकामा खुसी व्यक्त गरे । अहिलेसम्म देशभर १८ सञ्चारकर्मीमा सङ्क्रमण पुष्टि भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी