शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

क्वारेन्टिनमा बसेकाहरुबाट प्रशासकीय अधिकृतमाथि हातपात

बुधबार, २१ जेठ २०७७, १८ : २०
बुधबार, २१ जेठ २०७७

दैलेख । भैरवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि क्वारेन्टिनमा बसेकाहरुले आज हातपात गरेका छन् ।  गाउँपालिका ४ मा  बसेकाहरुले क्वारेन्टिनमा उचित व्यवस्थापन नभएको आरोप लगाउँदै प्रशासकीय अधिकृतमाथि हातपात  हुन् । भारतबाट आएका करीब १००  जिल्लाबासी सो क्वान्टिनमा एक हप्तादेखि बस्दै आएका छन् । 

 उचित खालको व्यवस्थापन नगरेको जनाउँदै  गाउँपालिकाले बनाएको क्वारेन्टिनमा बस्नेहरुले  अधिकृत हीरासिंह थापामाथि कुटपिट गरेको गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढाले जानकारी दिए ।  अध्यक्ष बुढाका अनुसार पालिकाको क्वारेन्टिनमा  एक हजार ६०० सयभन्दा बढी भारतबाट आएका जिल्लाबासी  बस्दै आएका छन् ।  केही दिन अगाडि  गाउँपालिका –३ कोे एक विद्यालयको क्वारेन्टिनमा बसेकाहरुले स्थानीय सरकारले  राम्रो व्यवस्थापन नभएको भन्दै गाउँपालिका घेराउ गरेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप